म्याग्दी समाचार

पर्वत जिल्ला अस्पताल परिसरमा सरसफाई

विकल्प न्यूज/पर्वत पुस १४ गते । पर्वत जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पताल परिसरमा शनिवार सरसफाई गरिएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी,जनप्रतिनिधि,अस्पताल विकास समितिका पदाधिकारी र कर्मचारीहरुले सरसफाई गरेका हुन । सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले सर्वसाधारणहरुले सेवा लिने अस्पताललाई सफा र स्वच्छ बनाउनुपर्ने बताउनुभयो । भएको पहिलो […]

ओखरबोटका १२९ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको मालिका गाउँपालिकाले शुक्रबार वडा न. ४ ओखरबोटमा शुक्रबार आयोजना गरेको घुम्ती शिविर मार्फत १२९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप तीन जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले […]

अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण

विकल्प न्यूज/बेनी पुस १३ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो । एक्साभेटरको चार हजार सात सय रुपैयाँ प्रतिघण्टा र ब्रेकर प्रयोग […]

जलजलामा सञ्चालित शिविरको पाँचौ दिनसम्म ५ लाख भन्दा वढी राजश्व संकलन

विकल्प न्यूज/बेनी पुस १३ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिकामा सञ्चालित सम्पत्ति तथा भूमिकर संकलन शिविरको पाँचौ दिन सम्म पाँचलाख ३० हजार एक सय २१ रुपियाँ राजश्व संकलन भएको छ । गाउँपालिकाका १,२,३ र ४ वडामा सम्पन्न शिविरमा ७ सय ४९ जनाबाट सम्पत्ति तथा भूमिकर वापतको उक्त रकम संकलन भएको टोलीका संयोजक तथा सम्पत्ती तथा भुमिकर […]

बेनीका युवा कलाकारहरुको गीति एल्बम मायाँ मायाँ ….. (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १३ गते ।   बेनीका युवा कलाकारहरुले फेरी अर्को गीति एल्बम बजारमा ल्याएका छन् । क्रियटिभ मिडिया पोडक्सनको युटुब च्यानल मार्फत मायाँ मायाँ गीतको बोल रहेको एल्बम सार्वजनिक भएको हो । गीतमा बेनीका युवा कलाकार ध्रुव जिसी र कलाकार देबी घर्तीले स्वर दिएका छन् । गीतको शब्द संगित युवा मोडेल तथा कलाकार नकुल […]

आगलागि पीडित शेरचन परिवारलाई कोरियाबाट ९२ हजार सहयोग

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानको जुग्जाका आगलागि पीडित चेतनारायण शेरचन परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले ९२ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । जुग्जा मालिका युवाक्लबका अध्यक्ष नरबहादुर विश्वकर्मा र सल्लाहकार गगन रसाइलीले पीडित शेरचनलाई विहिवार उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा मलिका आधारभुत विधालयका […]

धवलागिरीको मोवाइल एप्स

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले शुक्रबारदेखि मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । मोवाइल एप्स् मार्फत सर्वसाधारणले घरमै बसेर पनि गाउँपालिकाको गतिबिधि र प्रवाह गर्ने सेवाबारे जानकारी प्राप्त गर्न सक्नेछन् । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर धवलागिरी मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुवास थापाले जानकारी […]

मालिकाको निस्कोटमा ८१ जनालाई जेष्ठ नागरिक परिचयपत्र

विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले वडा स्तरमा घुम्ती शिविर सञ्चालन गरेर जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण सुरु गरेको छ । संबैधानिक व्यवस्था अनुसार अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले वडा न. १ निस्कोटबाट बिहीबारदेखि परिचयपत्र वितरण सुरु गरेको […]

तातोपानी कुण्ड निजीकरण प्रस्तावको सर्वत्र विरोध

विकल्प न्यूज/बेनी पुस १२ गते । जिल्लाको बेनी नगरपालिका ४ स्थित मुलुककै प्रख्यात प्राकृतिक उपचार स्थल तातोपानी कुण्ड भाडा दिने प्रस्तावको सर्वत्र विरोध भएको छ । कुण्डलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले भाडा लिनका लागि बेनी नगरपालिका सँग प्रस्ताव गरेको छ । मोनाको प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा यतिखेर तिव्र विरोध […]

मालिकामा जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण सुरु

विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले वडा स्तरमा घुम्ती शिविर सञ्चालन गरेर जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण सुरु गरेको छ । संबैधानिक व्यवस्था अनुसार अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले वडा न. १ निस्कोटबाट बिहीबारदेखि परिचयपत्र वितरण सुरु गरेको […]

स्थानीय तहसँग समन्वय नगरी पर्वत बेनीमा प्रहरीको सार्वजनिक सुनुवाई

साधन राम्जाली मगर /विकल्प न्यूज पुस १२ गते । पर्वतको जलजला गाउँपालिका–३ बेनीमा विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जलजला उद्योग बाणिज्य संघको सह आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।   शान्तिसुरक्षा र प्रहरी गतिविधिका वारेमा गुनासो सुन्न,स्थानिय शान्ति सुरक्षा र लागु औषध दुव्र्यसनी नियन्त्रण तथा विभिन्न […]

मगर संघ म्याग्दीको गाउँपालिका स्तरिय संगठन विस्तार

साधन राम्जाली मगर/विकल्प न्यूज पुस १२ गते ।  नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीले गाउँपालिका स्तरिय संगठन विस्तारलाई तीब्रता दिएको छ । गाउँपालिका स्तरिय संगठन बिस्तारको पहिलो दिन पौष १० गते लोकबहादुर घर्ती मगरको अध्यक्षतामा धौलागिरी गाउँपालिका शाखा गठन गरेको थियो । संगठन बिस्तारलाई तब्रिता दिंदै बुधबार मनकुमार शेरपुञ्जाको अध्यक्षतामा रघुगंगा गाउँपालिकामा शाखा बिस्तार गरेको […]

अन्नपूर्ण गाउँपालिकाको गुरुयोजना निर्माण सुरु

विकल्प न्यूज/बेनी पुस १२ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गुरुयोजना निर्माण सुरु गरेको छ । गाउँपालिकाको अवस्था, समस्या, सम्भावना र आगामी दिनमा गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न गुरुयोजना बनाउन लागिएको हो । गुरुयोजना निर्माणका विषयमा छलफल गर्न गाउँपालिकाको केन्द्र पोखरेबगरमा बिहीबारदेखि सरोकारवालाहरुको अन्तरक्रिया सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने छलफलमा जनप्रतिनिधि, अगुवा, राजनितिककर्मी […]

आवास पुननिर्माणलाई समयमै सम्पन्न गर्न सरोकारवालाहरुको जोड

विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीका सरोकारवालाहरुले भुकम्पबाट क्षतिग्रस्त घरहरुको पुननिर्माणलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाइ म्याग्दीले पुननिर्माण दिवसको अवसरमा विहिवार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा सहभागी भुकम्प पीडितहरुले आयोजना आउनु अगाबै बनाईका घरहरुलाई […]

अन्नपूर्णका दाँत रोगीहरुलाई गाउँमै प्रवासीको शिविर

विकल्प न्यूज/बेनी पुस १२ गते । अन्नपूर्ण गाउँपालिकावासीहरुलाई प्रवासीहरुले गाउँमै दन्त शिविर सञ्चालन गरेका छन् । गैरआवसीय नेपाली संघ न्युजिल्याण्ड  र म्याग्दी प्रवासी नेपाली संघ(मोना) को आर्थिक सहयोग र गाउँपालिकाको समन्व्यमा दानामा निशुल्क दन्त तथा जाँच शिविरको आयोजना गरिएको हो । शिविरको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।अध्यक्ष पुनले मानविय सेवानै धर्म भएको बताउदै […]