कस्तुरी सहकारीद्धारा शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग

विकल्प न्यूज/बेनी
असोज ४ गते । DSC_0318म्याग्दीको सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसका अवसरमा परोपकारी कार्यमा क्रियाशिल ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गरेको छ ।

विहिवार सहकारीको नवौं बार्षीक साधारसभा तथा तेस्रो अधिवेशनमा संस्थाका अध्यक्ष राजेश शाक्य,प्रमुख अतिथि बेनी नगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शान्तिकोषका कोषाध्यक्ष खमवहादुर थापालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । DSC_0286दुइलाख रुपियाँ सहयोग गर्ने सहकारीलाई शान्तिकोषको विधान बमोजिम संरक्षक सदस्यता प्रदान गरिएको कोषाध्यक्ष थापाले बताउनुभयो ।

गरिवीका कारण पैसाको अभावमा कसैले पनि मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिन डेढ करोड रुपियाँ बरावरको अक्षयकोष स्थापना गर्ने कोषले घोषणा गरेको छ । कोषले अहिले सम्म ६४ जना भन्दा वढी विरामीको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।