म्याग्दी समाचार

बागलुङमा कोदो फलाउने किसानलार्इ पुरस्कार दिइने

१७ मङ्सिर, बागलुङ ।कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए […]

देउसी भैलोको रकमले कम्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

विकल्प न्यूज/बेनी मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर प्रिन्टर मंगला गाउँपालिका […]

निर्मलाको पक्षमा बेनीमा विप्लव नेकपाको प्रर्दशन

विकल्प न्यूज/बेनी मंसिर १६ गते । विप्लव नेतृत्वको नेकपाले आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा प्रदर्शन गरेको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको जुलुसले बजार परिक्रमा गरी हुलाक चोकमा कोणसभा गरेको हो । हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप […]

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजनाको शिलान्यास(फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १६ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे ग्रामिण सडक स्तरउन्नती योजना सुरु गरिएको छ । पोखरेबगर–घार–खिवाङ–शिख हुँदै चित्र सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले आइतवार पुजापाठ गरेर शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास पछि आयोजित कार्यक्रममा सांसद थापाले सडक निर्माण पछि यस […]

पार्टी सचिवालयले गरेका निर्णयहरु बैधानिक ः मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/बेनी मंसिर १५ गते । नेपाल कम्युनिष्ट (नेकपा)पार्टीका गण्डकी प्रदेश कमिटीका इन्चार्ज तथा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको केन्द्रिय सचिवालयले गरेका निर्णयहरु बैधानिक भएको बताउनुभएको छ । नेताहरु सम्मीलित सचिवालयले पार्टीको विधान अनुसार पार्टी एकताका सन्दर्भमा गरेका निर्णयहरु बैधानिक भएको उहाँले दावी गर्नुभयो । हालैमात्र केही केन्द्रिय सदस्यहरुले सचिवालयले मनपरी रुपमा निर्णय गरेको भन्दै […]

न्यू वेष्ट प्वाइन्टलाई १७ औं जेसीज कपको उपाधी

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न अन्तर मावि जिल्लास्तरीय १७ औं जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी च्याम्पियन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा केबी एकेडेमी दरवाङलाई शून्यका विरुद्ध चार गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । केबी एकेडेमी पहिलोपटक […]

वेष्ट पोइन्टमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर १४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्टको आयोजनामा मंसिर १४ गते प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागिता जनाएका थिए पश्चिम दरबांग देखि उत्तर भुरुंग तातोपानी सम्मका विद्यालय सहभागी सो प्रतियोगितामा […]

आगलागी पीडित शेरचन परिवारलाई विद्यार्थीहरुद्धारा ११ हजार सहयोग

विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जाका आगलागी पीडित चेतनारायण शेरचनको परिवारलाई विद्यार्थीहरुले ११ हजार तिन सय पाँच रुपियाँ सहयोग गरेका छन् । यहि मंसिर ६ गते आगलागी हुँदा शेरचनको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई सहयोग जुटाउन स्थानीय भिम माध्यमिक विद्यालयको […]

बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, […]

सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुसमा

विकल्प न्यूज/बेनी मंसिर १४ गते । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गते सम्म काठमाडौँमा हुने भएको छ । गत भदौ १ गतेबाट लागू भएको मुलुकी संहिता कार्यान्वयनमा केन्द्रित रहेर दोस्रो सम्मेलन गर्न लागिएको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना […]

१७ औं जेसीज कप फुटबलको फाइनलमा केबी र न्यू वेष्ट प्वाइन्ट भिड्ने

विकल्प न्यूज/बेनी मंसिर १४ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा जारी १७ औं अन्तरमाविस्तरीय हुवावे जसिज कप फुटबल प्रतियोगिताको फाइनलमा केबी एकेडेमी दरवाङ र न्यू वेष्ट प्वाइन्ट आवशीय मावि बेनी भिड्ने भएका छन् । शुक्रवार भएको सेमिफाइनल खेलमा धौलागिरि मावि सिङ्गालाई ० का विरुद्ध ८ गोल गर्दै न्यू वेष्ट प्वाइन्ट फाइनलमा प्रवेश गरेको हो । यस्तै […]

बेनीमा जारी जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी मंसिर १३ गते ।   म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औं जेसिज कप फुटबल प्रतियोगिता अन्तर्गत विहिवार क्याटरफाइनलका खेलहरु समापन भएका छन् । बेनीको खुल्ला मञ्चमा सञ्चालित खेलमा विहिवार बेनी आवशीय माविले प्रकाश माध्यमिक विद्यालयलाई २ का विरुद्ध ३ गोल गरेको छ । न्यू वेष्ट प्वाइन्ट आवशीय माविले बेनी सामुदायिकलाई १ का विरुद्ध ३ […]

को को परे नेकपाको गण्डकी प्रदेश कमिटीमा म्याग्दीबाट

विकल्प न्यूज/बेनी मंसिर १३ गते ।  नेपाल कम्युनिष्ट (नेकपा) पार्टी केन्द्रिय सचिवालयको मंगलबारको वैठकले गण्डकी प्रदेश कमिटी सदस्यहरु चयन गरेको छ । पार्टीको प्रदेश सदस्यमा म्याग्दीबाट पूर्व एमालेका ५ जना र माओवादी केन्द्रबाट ३ गरी ८ जना चयन भएका छन् । पूर्व एमालेका तर्फबाट गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, तत्कालिन पार्टी अध्यक्ष एवम् […]

बेनीमा रहेको १३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने

विकल्प न्यूज/बेनी मंसिर १२ गते । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुल जिर्ण बनेको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि यो पुल बनाईएको थियो । ऐतिहाँसिक महत्व बोकेको पुल अहिले मर्मत सम्भारको अभाबमा जिर्ण बनेको छ भने वारपारको लागि […]

घलेम्दीको विद्युतगृह निर्माण तिव्र (फोटोफिचर)

विकल्प न्यूज/बेनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन साढे पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाको विद्युतगृहको संरचना बनाउने काम धमाधम अगाडि बढाएको छ । आगमी चैत्र मसान्त भित्र परिक्षण उत्पादन सुरु गर्न लागेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनीधी(विमल) रिजालले जानकारी दिनुभयो । तस्विर ठाकुरप्रसाद आचार्य