म्याग्दी समाचार

बेनी खानेपानी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी  पुस २५ गते । सदरमुकाम बेनीबासीलाई खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको २० औँ बार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता भएको साधारण सभालाई सम्वोधन गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सदरमुकाम बेनीमा घरधुरी सख्ंया र जनसंख्याको चाप दैनिक रुपमा बढ्दै गएको बताउदै […]

भ्रमण वर्ष २०२० का पर्यटकलाई स्वागत गर्न बेनीमा माघेसंक्रान्ति मेला

विकल्प न्यूज/बेनी पुस २३ गते । एकहप्ता अघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का पाहुनालाई स्वागत गर्न बेनीमा माघेसक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुले भ्रमण वर्षको अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको […]

प्रदेश अन्तर्गतका कार्यालयको सेवाप्रवाह फितलो ः कार्यालयमा भेटिदैनन् प्रमुख

विकल्प न्यूज/बेनी पुस २३ गते । संघियता कार्यान्वयन सँगै जिल्लामा स्थापना भएका  गण्डकी  प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको सेवाप्रवाह फितलो देखिएको छ । संघियताको भावना र मर्म विपरित प्रदेश सरकारले जिल्ला सदरमुकाममा स्थापना गरेका कार्यालयहरुको दैनिक कामकाज र सेवाप्रवाह फितलो देखिएको हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुका सट्टा आफ्नो मातहत रहने गरी प्रदेश सरकारले सदरमुकाममा […]

संघीयताको फल ः धाइरिङमा भित्रिए आधा अरबका विकास योजना

विकल्प न्यूज\बेनी पुस २३ गते । सडक कालोपत्रे योजनाका लागि सडक स्तरउन्नती गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दी र बागलुङको सदरमुकामको नजिक भएर पनि वर्षौ देखि विकासमा पछाडी परेको पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ संघियता कार्यान्वयन पछि गाउँको मुहार फेरिन थालेको छ । संघियता कार्यान्वयनको तिनवर्ष यता सडक,सिँचाई,खानेपानी,शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरु धमाधम […]

बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी पुस २२ गते । बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो । ज्यान गुमाएका ४ जनाका […]

ताकममा सडक खन्दा पहिरो खसेर चालक सहित डोजर पुरियो

विकल्प न्यूज /बेनी पुस २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीको रानीवनमा सडक निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा चालक सहित डोजर पुरिएको छ । ताकमको हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान १० बजेतिर बाघराज बिल्डर्सको एक्साभेटर सहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सडक खन्ने क्रममा माथिबाट […]

सल्लेनधारा बन उपभोक्ता समितिको सभा तथा तेस्रो अधिवेशन सम्पन्न

ममता बराइली/विकल्प न्यूज पुस २० गते । म्याग्दिको बेनी नगरपालिका २ ज्यामरुक्कोट भकुण्डेमा रहेको सल्लेनधारा बन उपभोक्ता समितिको २० औ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । सभाको अवसरमा सल्लेनधारा बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पौड्यालले े आर्थिक प्रतिवेदन प्रस्तुत गदेै हरियो बन नेपालको मात्र धन नभई हामि सबैको सम्पङ्खिा भएको […]

सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो

विकल्प न्यूज/बेनी पुस २० गते । बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो । वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म […]

एशियाकै लामो झौलुङ्गे पुल

पुस २० गते ।  दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै […]

कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी […]

वेष्ट पोइन्टमा इन्फलुएन्सियल ब्याचलर क्लबको पदस्थापन

विकल्प न्यूज/बेनी पुस १८ गते । वेष्ट पोइन्ट कलेजमा गठित ईन्पÞm्लुएन्सियलब्याचलर क्लबको छैटौ पदस्थापनकार्यक्रम सम्पन्नभएको छ । क्लबको वर्ष २०२०का लागि सर्वसम्मत चयन भएको कार्य समितिको शुक्रबार पदस्थापन गरिएको हो । कार्यक्रममा वर्ष २०१९का पदाधीकारिलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रममाबर्ष २०१९ का उत्कृष्ट सदस्यहरुलाई सम्मान समेत गरिएको छ । पदस्थापन कार्यक्रममा क्लबका संस्थापक […]

तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास

विकल्प न्यूज/बेनी पुस १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा बेनीका सोहनश्रेष्ठ ‘विश्वास’मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेकाहुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा ९ का तरुण दलअध्यक्ष रामचन्द्र कार्की, दिपेश बानियाँ र देवि बुढाथोकीलाई सदस्यमा […]

राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन जोड

विकल्प न्यूज/बेनी पुस १८ गते । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । तथ्याङ्क कार्यालय बागलुङले शुक्रवार बेनीमा गरेको जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताहरुले जनगणनालाई प्रभावकारी रुपमा सम्पन्न सरोकारवालाहरुको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका हुन । गोष्ठीमा संविधानसभाका सदस्य गोविन्द पौडेलले […]

म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग

विकल्प न्यूज/बेनी पुस १८ गते । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गरेका […]

पुननिर्माणले चिटिक्क सामुदायिक विद्यालय

विकल्प न्यूज/बेनी पुस १८ गते । भुकम्पले क्षति पुगेका जिल्लाका सामुदायिक विद्यालयहरु पुननिर्माण भएपछि चिटिक्क परेका छन् । २०७२ सालको भुकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरु पुननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा अहिले सम्म २५ वटा सामुदायिक विद्यालयहरु पुननिर्माण गरि चिटिक्क पारिएका छन् । नयाँ भवन बनेपछि […]