तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास

विकल्प न्यूज/बेनी
पुस १८ गते ।
लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा बेनीका सोहनश्रेष्ठ ‘विश्वास’मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेकाहुन् ।

बैठकबाट श्रेष्ठ सहित बेनपा ९ का तरुण दलअध्यक्ष रामचन्द्र कार्की, दिपेश बानियाँ र देवि बुढाथोकीलाई सदस्यमा नियुक्त भएका छन् । लामो समय देखीखाली रहेको उपाध्यक्ष पदका लागि तरुण दलले श्रेष्ठलाई नियुक्त गरेको हो ।

तरुण दल म्याग्दीलाई चलाएमान बनाउदै रचनात्मककार्य गर्ने श्रेष्ठले बताएका छन् । बेनपा७का तरुण दलकाअध्यक्ष समेत रहेकाश्रेष्ठ पछिल्लो समय निकै क्रियाशिलभएर लागेकाथिए । ‘मेरो कार्यकालमा तरुण दलम्याग्दीले मुहार फेर्नेछ, पार्टी र युवाको भावनालाई आत्मासाथ गरेर अघि बढ्नेछु’ श्रेष्ठले भन्नुभयो ।

बैठकमा नेपालीकाँग्रस म्याग्दीका सह–सचिव भरत बहादुर रकाल र पार्टीका नेताहरुले श्रेष्ठलाई तरुणलाई सशक्तबनाएर लैजान शुभकाना दिएका छन् ।