ताजा समाचार:
Search

बेनी खानेपानी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी 
पुस २५ गते । सदरमुकाम बेनीबासीलाई खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको २० औँ बार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता भएको साधारण सभालाई सम्वोधन गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सदरमुकाम बेनीमा घरधुरी सख्ंया र जनसंख्याको चाप दैनिक रुपमा बढ्दै गएको बताउदै बजारबासीलाई निरन्तरण स्वच्छ खानेपानी उपलब्ध गराउन आगामी दिनमा भरपर्दो पुर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । मेयर श्रेष्ठले आगामी दिनमा प्रविधिमैत्रि बनाउन नगरपालिबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले घरघरमा वितरण भएको शुद्ध पानीलाई ब्यवस्थापन गर्न संस्थाको कार्यसमिति देखि उपभोक्ताको समेत भुमिका महत्वपुर्ण हुने बताए । लेखनाथ सिहाना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लेखनाथ पोखराका उपाध्यक्ष हरिप्रसाद लामिछाने, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, उपभोक्ताको तर्फबाट नवराज शर्मा र साधनाकुमारी श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थामा रहेर इमान्दार रुपमा काम गरेका मिटर रिडर सौरभ किसानलाई नगद सात हजारसहित सम्मानपत्र र दोषल्लाले संस्थाका अध्यक्ष र प्रमुख अतिथिद्धारा सम्मान गरिएको थियो ।

सभामा सचिव रमेश गिरिले स्मार्ट वाटर टेक्नोलोजि लागु, जडान शुल्क तथा पानीको महशुलको लागि ग्राहक बर्गिकरण, खानेपानी अभाव हुन नदिन बैकल्पीक खानेपानी ब्यवस्था गर्ने भावि योजना रहेको बताए । एक हजार ३३ घरधुरी रहेको संस्थामा १९ हजार जनसंख्याले खानेपानी उपभोग गर्दै आएका छन् । संस्थाका उपाध्यक्ष माधवप्रसाद रेग्मीको स्वागत मन्तव्य, प्रगति प्रतिवदेन र संचालन सचिव गिरिको रहेको साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंक हमालले प्रस्तुत गरेका थिए ।