ताजा समाचार:
Search

भ्रमण वर्ष २०२० का पर्यटकलाई स्वागत गर्न बेनीमा माघेसंक्रान्ति मेला

विकल्प न्यूज/बेनी
पुस २३ गते । एकहप्ता अघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का पाहुनालाई स्वागत गर्न बेनीमा माघेसक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुले भ्रमण वर्षको अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका हुन ।

म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी पुस २९ र माघ १ गते सदरमुकाम बेनीमा माघे संक्रान्ति मेला आयोजना गर्न लागिएको महिला उद्यम विकास समितिकी सभापति सुनिता केसीले जानकारी दिन्ुभयो ।

मेलाको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिकी अध्यक्ष केसीले म्याग्दी भ्रमणमा आउने पाहुनालाई स्वागत गरेर जिल्लामा भ्रमण वर्ष २०२० को उद्घाटन समेत गरिने बताउनुभयो । मेलाका अवसरमा नेपाल भ्रमण वर्ष २०२० विषयक खुल्ला लोकगीत प्रतियोगिता आयोजना गरिने सभापति केसीले जानकारी दिनुभयो । माघे संक्रान्ति मेलाको जगेर्ना,स्थानीय कला संस्कृतिको संरक्षण र सम्बद्र्धन,आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नमा टेवा पु¥याउन मेला आयोजना गर्न लागिएको सभापति केसीले जानकारी दिनुभयो । मेलाले भ्रमण वर्षको प्रचारप्रसारमा समेत टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । दुई दिन सम्म सञ्चालन हुने मेलामा खुला एकल लोकनृत्य प्रतियोगिता, भ्रमण वर्ष २०२० विषयक लोकगीत प्रतियोगिता, महिला पुरुष अन्धनिशान,महिला पुरुष छेलोफाल्ने,महिला पुरुष लठोतान्ने प्रतियोगिता,कृषि उपज प्रतियोगिता,पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी र स्थानीय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मेलाको उद्घाटनमा स्थानीय जाताजातीको भेषभुषा सहित कलासंस्कृति प्रदर्शन गरिने छ ।

मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रचार प्रसारको लागि पर्दशनी समेत गरिने समितिका प्रथम उपाध्यक्ष लक्ष्मी कार्की जानकारी दिनुभयो ।दुई दिन सम्म सञ्चालन हुने मेलामा ९ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । समितिकी सभापति केसीको अध्यक्षता,महासचिव विष्णु गुरुङको सञ्चालन र प्रथम उपाध्यक्ष लक्ष्मी कार्कीको धन्यबादमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्यका निर्वतमान अध्यक्ष जीवन बहादुर विश्वकर्मा,संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल,द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिव लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।