सल्लेनधारा बन उपभोक्ता समितिको सभा तथा तेस्रो अधिवेशन सम्पन्न

ममता बराइली/विकल्प न्यूज
पुस २० गते ।
म्याग्दिको बेनी नगरपालिका २ ज्यामरुक्कोट भकुण्डेमा रहेको सल्लेनधारा बन उपभोक्ता समितिको २० औ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
सभाको अवसरमा सल्लेनधारा बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पौड्यालले े आर्थिक प्रतिवेदन प्रस्तुत गदेै हरियो बन नेपालको मात्र धन नभई हामि सबैको सम्पङ्खिा भएको हुनाले यसलाई उपभोग र संरक्षण र्गनुपनि हामी सबैको कर्तब्य रहेको बताउनुभयो ।

¾ हामिले बिरुवा लगाउछौ तर त्यसको संरक्षण र्गन सक्दैनौ उहाÒले भन्नुभयो बन फाÒडने बेलामा दाउरा, घाÒस काटने बेलामा धेरै उपभोक्ताहरु उपस्थित हुनुहुन्छ जब कुनै सभा हुन्छ मनग्य उपस्थिती हुदैन हामीलाई मात्र नभई हाम्रो आगामि पुस्ताहरुको लागि पनि हामिले बनज»गलको संरक्षण र्गनुपर्छ उहाले भन्नुभयो ।

क्षेत्रि समाजको हलमा भएको कार्यक्रममा बोल्दै सभाका प्रमुख अतिथी बेनी नगरपालिका २ का वडा सदस्य सिता घिमिरेले समितिलाई चुस्त दुरुस्त राख्नको लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा ब्यक्त र्गनुभयो । सल्लेनधारा बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पौडेलको अध्क्षता, आशा नेपालिको स्वागत मन्तब्य र समितिका सचिव यामबहादुर सुबेदिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोहि अबसरमा सामुदायिक बन उपभोक्ता समितिको १२ सदस्यको नयाÒ कार्यसमिती चयन गरिएको छ जसमा समितीको अध्यक्षमा पुनह भिमबहादुर पौडेल,उपाध्यक्षमा प्रेम बहादुर घिमिरे, सचिवमा पुनह याम बहादुर कार्कि, कोषाध्यक्षमा ममता बि.क र सदस्यहरुमा कौशिला घिमिरे, लाल बहादुर घिमिरे, दीप बहादुर घिमिरे, आशा घिमिरे, बिष्णु बि.क, पम्फा बोहोरा, चन्द्र बहाद्र घिमिरे र टिका शर्मा चयन हुनुभएको छ ।