म्याग्दी समाचार
बेनपा ६ मा मादल बजाउने सिपमुलक तालिम सुरु
विकल्प न्यूज/बेनी जेठ १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा रहेको ज्ञान मन्दिर सामुदायिक सिकाई केन्द्रको आयोजना र बेनी नगरपालिकाको सहयोगमा ४ दिने मादल बजाउने सिपमुलक तालिम सुरु भएको छ । तालिमको शुक्रबार बेनी नगरपालिका शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । उपसचिव पौडेलले कुनै पनि सिपले व्यक्तिको क्षमता विकासमा […]
लायन्स क्लब बेनी जलजलाको अध्यक्षमा महेन्द्र रेग्मी चयन
विकल्प न्यूज/बेनी जेठ १७ गते । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी जलजलाको (सन २०२४–२०२५) अध्यक्षमा महेन्द्र रेग्मी चयन हुनुभएको छ । विहिबार जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा सम्पन्न भएको प्रथम साधारणसभा तथा अधिबेशनबाट रेग्मीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा राम्जी आचार्य,दितीय उपाध्यक्ष सुनिता बरुवाल,सचिव कुशल […]
काठमाडौंबाट बेनी आउँदै गरेकाे बस कास्कीमा दुर्घटना
विकल्प न्यूज / बेनी जेठ १७ गते । काठमाडौबाट बेनी आउदै गरेकाे रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेकाे छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हाे । सो दुर्घटनामा सात जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको बा५ख २८५ नम्बरको […]
प्रथम म्याग्दी यूवा कपकाे विहिबार फाईनल खेल
विकल्प न्युज / बेनी जेठ १६ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बौद्धिकालीे फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बौद्धिकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका […]
म्याग्दीको दग्नाममा सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृति
जेठ १६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रूपमा चिनिने भूमे पूजामा भूमे […]
बाढीले नारच्याङको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
म्याग्दी, जेठ १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो । आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताउनुभयो […]
बेनीको सिङ्गामा स्वास्थ्य शिविरमा चार सय बिरामीको उपचार
विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा दुई सयभन्दा बढी व्यक्तिको रगत एवं […]
बेनीमा ‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु
म्याग्दी (बेनी), १४ जेठ । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई नगद […]
जलजलाको फर्से धाइरिङ माविमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम
विकल्प न्यूज/बेनी जेठ १४ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालले सहयोग दातालाई सम्मान,उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ती प्रदान र पुरस्कार वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपकप्रसाद आचार्य,वडाध्यक्ष टुंगनाथ आचार्य,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्य,विद्यालयका प्रधानाध्यापक मुकुन्द आचार्य लगायतले विद्यालयलाई करिब दुईलाख २७ […]
गलेश्वरका ज्येष्ठ नागरिकलाई भोजन
म्याग्दी, जेठ १४ गते । गणतन्त्र दिवस–२०८१ को अवसरमा पवित्र धार्मिकस्थल बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा संस्कृत विद्यालयका विद्यार्थीलाई सोमबार बिहानको भोजन गराइएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा गलेश्वर पुलस्त्य पुलहाश्रम अन्न क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थी गरी एक सयभन्दा बढीलाई भोजन गराइएको गणतन्त्र […]
कालीगण्डकीको सभ्यता जोगाउने अभियान
विकल्प न्यूज/बेनी जेठ १४ गते । कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्। श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्। अवैज्ञानिक उत्खननले एकातिर नदीको […]
गण्डकी प्रदेशमा वनक्षेत्रको २० वर्षे रणनीतिक योजना बन्दै
विकल्प न्यूज/बेनी जेठ १३ गते । गण्डकी प्रदेशमा वन क्षेत्रको रणनीतिक योजना बनाउन लागिएको छ । प्रदेशको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन क्षेत्रको विकास र संरक्षणका लागि २० वर्षे रणनीतिक योजना तयार पार्न थालेको हो । रणनीतिक योजना बनाउनका लागि मन्त्रालयले आइतबार बेनीमा सरोकारवालाहरु सँग सुझाव संकलन गरेको छ । मन्त्रालयले रिकफ्ट नेपालसँगको […]
जेसिजको स्वास्थ्य सचेतना कार्यक्रम
विकल्प न्यूज/बेनी जेठ १३ गते । म्याग्दी जेसिजको २६ औं स्थापना दिवसका अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । यसै क्रममा पाँचौ दिन आइतबार नगरपालिका ५, भिरमुनी स्थित पौलस्त्य माविमा स्वास्थ्य जनचेतनामुलक कार्यक्रम गरेको छ । शाखा अध्यक्ष दिनेश बानियाँ को अध्यक्षता,नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीकाका सभापति अमर बानियाँ को प्रमुख आतिथ्यता, […]
जलजलामा बजार अनुगमन
विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी नगरपालिकाको सिमाना सँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले आइतबार २ र ३ वडाको बगरफाँट र पर्वत बेनी क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । गाउँपालिकाका व्यवसाय दर्ता तथा राजश्व शाखाका प्रमुख कृष्णप्रसाद रिजालको नेतृत्वमा स्थानीय प्रहरी,पालिकाका कर्मचारी र पत्रकार सहितको टोलीले बगरफाँट र पर्वत बेनी क्षेत्रमा रहेका पसल तथा होटलहरुको […]
सोमबार देखि बेनीमा ‘‘प्रथम म्याग्दी यूवा कप’’ सुरु हुने
विकल्प न्यूज/बेनी जेठ १३ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । आइतबार नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको […]