फोटो प्रतियोगिता ः फुच्चे गुराँसको चर्चा


विकल्प न्यूज/बेनी
भदौं २४ गते ।


म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित म्याग्दीको पर्यटन प्रवद्र्धन गर्न आयोजित फोटो प्रतियोगितामा सहभागी प्रतियोगी नंम्बर १ सय २७ रहेको तस्वीर हो, फुच्चे गुराँस । फुच्चे गुराँसको यतिखेर सामाजिक सञ्जालमा चर्चा भएको छ । सोमबार विहान साढे ११ बजेसम्म फुच्चे गुराँसलाई ६०८ जनाले शेयर,४३५ लाइक र २१७ जनाले कमेन्ट गरेका छन् । प्रतियोगितामा यो फुच्चे गुराँस नयाँ र नौलो भएको छ ।


प्रतियोगितामा सहभागी उक्त फोटोको फुुलको र रुखको पुरा जानकारी पाउनु पाठकको अधिकार हो । किनभने नेपालमा मात्र पाईने र नेपालको पनि म्याग्दीमा फोटोसहित पहिचान गरिएको यो फुच्चे गुराँस मन पराई न्यायोचित निर्णय लिन सहयोग पुग्ने छ ।
खानाको परिकारको मेन्यु जस्तै पर्यटन पदयात्रा÷पदमार्गमा घुम्ने, हेर्ने तथा देख्न पाईने वस्तुहरुको सूचि चाहिन्छ । अन्नपूर्ण–धवलागिरी पदमार्गमा जाने पर्यटकले हेर्न, देख्न र वनस्पती अध्ययनमा चासो भएका पर्यापर्यटककालागी विल्कुल नया“, चाखलाग्दो र आर्कषक ‘नयाँ टिप्स’ हो, फुच्चे गुराँस ।

#ADV


संसारको सवैभन्दा सानो र नेपालमा मात्र पाईने ‘फुच्चे गुराँसको फुलको तस्विर धौलागिरी–निलगिरी–अन्नपूर्ण फेदीमा पहिलो म्याग्दीका पत्रकार घनश्याम खड्काले खिचेका हुन । अंग्रेजी नाम ‘रोडेडेन्ड्रन कोबानियनम’ भनिने संसारको सवैभन्दा सानो गुराँसलाई उनले ‘फुच्चे गुराँस नामाकरण गरेका छन । नेपालमा मात्र पाईने रैथाने जातको ‘फुच्चे गुराँस रङ्ग भने गुलावी हुन्छ । नेपालमा लाङटाङपछि म्याग्दीको अन्नपूर्ण–धवलागिरी ‘अन्ध’ हिमालमुनी मात्र भेटिएको हो ।


हिमाली अल्पाईन क्ष्ँेत्र मुनी ३–४ हजार मिटर उचाईमा पाईने फुच्चे गुराँसको फुल रघुगंगा गाउँपालिकामा पर्ने धौलागिरी आईसफल पदमार्गको चेप्टेओढार, दोविल्ला, कछुवाओडार र अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ गाउँको सिरानमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने हुमखोला (२८८३ मि.देखी भुस्केटमेला (३५५३ मि.)सम्मको भुगोलमा पहिलो पटक फुच्चे गुराँसको फोटो खिचेका थिए । यस अघिसम्म अन्नपूर्ण–धवलागिरी हिमाल पदमार्गमा पाईने फुच्चे गुराँसको तस्वीर कसैले लिएको भेटिएको छैन ।
मिस्त्रीखोला जलविधुत आयोजनाको वातावरणीय प्रभाव अध्ययन गर्न सन् २०१९ मा आएका वनस्पतिविद कमल मादेनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ मा मिस्त्रीखोलाको माथिल्लो भागमा पर्ने हुमखोला क्ष्ँेत्रमा यो गुराँसको फेला पारेका थिए । मादेनले त्यसवेला यो गुराँसको पात मात्र खिचेका थिए ।


झाडीदार वनस्पतिमा पर्ने फुच्चे गुराँस वैशाख–जेठ (अप्रिल–जुन)महिनामा फुल्ने गर्छ । वनस्पतिविद मादेनका अनुसार यो गुराँसको फुल फक्रेपछि पातसँगै निस्किन्छ ।


संसारभर गुराँसको करीव एक हजार ५० प्रजाती छन । वनस्पति विज्ञ कमल मादेनको ‘गुराँस उद्विकासको यात्रा’ लेखमा उल्लेख भए अनुसार नेपालमा पाईने ३३ प्रजातिका गुराँस मध्य रेडोडेन्ड्रन कोवानियनम र रेडोडेन्ड्रन ल्वान्डेसीका दुई प्रजाती नेपालमा बाहेक अन्यत्र छैन । यी दुवै प्रजातिका गुराँस अन्नपूर्ण आरोहण मार्गमा पाईन्छन । रेडोडेन्ड्रन ल्वान्डेसी जातको फुच्चे गुरा“सका पातलाई हिमाली वास्नादार धुपीको रुपमा प्रयोग हुने गरेको छ ।


सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपाल अध्ययन गर्न आएको वेला यो प्रजातिको गुरा“श लाङटाङबाट संकलन गरेका थिए । अध्ययनको क्रममा संसारकालागी गुराँसको नयाँ प्रजाति रेकर्डगरी यसको नाम रोडोडेन्ड्रोन कोबानियनम राखेका थिए । उक्त नाम स्कटिस वनस्पतिविद जोन म्याकक्नि कोवानको सम्मानमा राखिएको थियो ।
गुराँसको उत्पति भने ६ करोड ५० लाख वर्ष अघि अमेरिकाको अलास्कामा भएको मानिन्छ । गुराँस दक्षिणपूर्वी एशिया हुँदै नेपाल आएको वनस्पतिविद् मादेनले आप्mनो पुस्तकमा उल्लेख गरेका छन ।