म्याग्दी समाचार
रत्नेचौरमा धार्मिक महोत्सव सुरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी फागुन २३ गते । बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय स्थलको केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । ‘हाम्रो प्रदेश भनेको गण्डकी सभ्यताको प्रदेश हो।कालिगण्डकी हाम्रो […]
जलजला गाउँपालिका २ मल्लाजमा अनेमसंघ गठन
विकल्प न्यूज/जलजला फागुन २२ गते । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मल्लाजमा नेकपा एमाले निकट अखिल नेपाल माहिला संघको वडा कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न महिलाहरुको भेलाले रीता विश्वकर्माको अध्यक्षतामा ६७ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा बिना नेपाली, सचिव गंगा जिसी र उपसचिव सृजना किसान र पविना नेपाली […]
म्याग्दी जेसीजलाई उत्कृष्ट शाखा सम्मान
विकल्प न्यूज/बेनी फागुन २२ गते । म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो । शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वमा जेसीजले एकमहिना यता म्याग्दीको पर्यटन प्रवद्र्धन,सामाजिक कार्य र सचेतनामुलक कार्यक्रम गर्दै […]
रघुगंगामा दलित मुक्ति मोर्चा गठन
विकल्प न्यूज\बेनी फागुन २१ गते । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको रघुगंगा गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा रमेश दर्जी, […]
गायक किरण पुनको ‘अगेनामा चुलो’ गीत सार्वजनिक
विकल्प न्यूज/बेनी फागुन २१ गते । म्याग्दीका लोकप्रीय गायक किरण पुनको लोक दोहोरी गीत अगेनामा चुलो सार्वजनिक भएको छ । गायक पुन र चर्चित लोक दोहोरी गायीका शान्ति श्री परियारको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो किरण पनु युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा किरण पुनको शव्द र राकेश शोनीको संगीत तथा एरेन्ज रहेको […]
रत्नेचौरमा धार्मिक महोत्सवको तयारी
विकल्प न्यूज/बेनी फागुन २१ गते । पछिल्लो समय तोरीवारीका कारण भाइरल बनेको बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । रत्नेचौरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न फागुन २३ देखि एकहप्ता सम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारीका वारेमा शनिबार आयोजकले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले […]
‘पार्टीले टिकट दिए पालिका अध्यक्ष लड्छु’
ठाकुरप्रसाद आचार्य \म्याग्दी फागुन २० गते । लठ्ठीको साहाराले हिडडुल गर्नुहुन्छ । कपाल फुलेर सेतै भएको छ । उमेरले डाडा काटिसकेको छ । तर विचार र हिम्मत भने युवाको भन्दा कम छैन । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका वडा अध्यक्ष बयासी वर्षीय दिलिप शेरचनको सामाजिक सेवाप्रतिको जोसजाँगर हिम्मत देख्दा सबैजना छक्क पर्ने गर्दछन् । पच्चायतकालमा […]
रघुगंगा जलविद्युत आयोजनाका कर्मचारीबाट गाउँ पुग्यो नक्कली नोट
विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट एक हजार रुपैयाँको दुई थान नक्कली नोट भेटिएको छ । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको हो । आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान […]
अनेरास्ववियु जलजलाको संयोजकमा निकिता क्षेत्री चयन
विकल्प न्यूज/जलजला फागुन १८ गते । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु जलजला गाउँपालिकाको संयोजकमा निकिता क्षेत्री चयन हुनुभएको छ । विहिवार मिलनचोकमा भएको नेकपा एमालेको पार्टी प्रशिणमा क्षेत्रीलाई पालिका संयोजकको जिम्मेवारी तोकीएको पालिका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । अनेरास्ववियुको पालिका स्तरमा संगठन विस्तार गर्ने र चाँढै नै भेला गरेर नयाँ कमिटी निर्माण गर्ने जिम्मेवारी दिइएको […]
जलजलामा कर सचेतना कार्यक्रम
गोबिन्द अधिकारी /जलजला फागुन १८ गते । आन्तरीक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा जलजला गाउँपालिका ७ मिलनचोकमा आज कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकामा बिभिन्न व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन र करदाताहरुलाई करको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले […]
याम किसानको उपचारमा अष्ट्रेलियाबाट ९० हजार सहयोग
विकल्प न्यूज/बेनी फागुन १८ गते । मुटु रोगी म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा अष्ट्रेलियामा रहेका म्याग्देलीले ९० हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । बेनी विरेन्द्रचोक घर भई हाल अष्ट्रेलिया रहेका हिक्मत श्रेष्ठको अगुवाईमा संकलन भएको ९२ हजार ६१० रुपैयाँ संककलन गरी र्सिजना भट्टचन र जेनेश श्रेष्ठले याम किसान उपचार अभियानका उपसंयोजक […]
निर्माण व्यवसायी महासंघ गण्डकीको उपाध्यक्षमा जिसीको उम्मेदवारी
विकल्प न्यूज\बेनी फागुन १८ गते । नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीको आशन्न अधिवेशनमा नारायण जिसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। गन्डकी प्रदेश उपाध्यक्षमा अहिलेसम्म ४ जनाको दाबी रहने देखिएको छ। जसमध्य नारायण जिसी शक्तिशाली उम्मेदवार हुन्। जिसीसँग म्याग्दि जिल्लाको निर्माण व्यवसाय महासंघमा दुई पटक अध्यक्षको जिम्मेवारीमा रहेर प्रभावकारी काम गरेको अनुभव छ। म्याग्दीमा जिसी […]
बेनीको एकतर्फी यातायातको समर्थनमा म्याग्दी चेम्बर अफ कमर्श
विकल्प न्यूज/बेनी फागुन १८ गते । बेनीमा लागू गरिएको एकतर्फी यातायातको पक्षमा निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले विज्ञाप्ती मार्फत समर्थन जनाएको छ । एकतर्फी नियमलाई निरन्तरता दिने वा नदिने विवाद चलिरहेका समयमा कमर्शले उक्त विज्ञप्ती निकालेर पुरै बजार क्षेत्रमा नियम लागू गर्नुपर्ने माग गरेको हो । गत पुस १ गतेदेखि बेनीमा […]
मौवाफाटँमा माओवादीको कार्यालय स्थापना
विकल्प न्यूज \बेनी फागुन १४ गते । नेकपामाओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटीकार्यालय स्थापना गरेको छ। आगामी स्थानीयतहलक्षित गरे शनिबार मौवाफाँटमा स्थापनाभएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्यविनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपाएमाले र नेपालीकांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता प्रवेश गरेका थिए ।नेपालीकांग्रेसका पुर्व जिल्लाआमन्त्रित सदस्य र हालक्रियाशिल सदस्यरघुगंगा […]
पर्वत बेनी खानेपानीको चौथो साधारणसभा सम्पन्न
विकल्प न्यूज/बेनी फागुन १४ गते । पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो वार्षिक साधरणसभा शनिबार पर्वत बेनीमा सम्पन्न भएको छ । जलजला गाउँपालिकाका २,३ र ४ नम्बर वडाका बगरफाँट,पर्वत बेनी र लामाखेतका ६ सय ६४ घरधुरीलाई खानेपानी सुविधा दिँदै छ । साधारणसभाको उदघाटन गर्दै जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले खानेपानीको समस्या भएका वस्तीहरुमा […]