अनेरास्ववियु जलजलाको संयोजकमा निकिता क्षेत्री चयन

विकल्प न्यूज/जलजला
फागुन १८ गते ।

 नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु जलजला गाउँपालिकाको संयोजकमा निकिता क्षेत्री चयन हुनुभएको छ । विहिवार मिलनचोकमा भएको नेकपा एमालेको पार्टी प्रशिणमा क्षेत्रीलाई पालिका संयोजकको जिम्मेवारी तोकीएको पालिका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । अनेरास्ववियुको पालिका स्तरमा संगठन विस्तार गर्ने र चाँढै नै भेला गरेर नयाँ कमिटी निर्माण गर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

पालिका भित्र विद्यार्थी संगठनलाई बलियो र शसक्त बनाउन विद्यालयस्तरमा संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिने नेकपा एमाले जलजला गाउँपालिका कमिटिका उपसचिव तथा विद्यार्थी विभाग प्रमुख विकास गिरीले जानकारी दिनुभयो ।

पार्टीको वडा कमिटीका पदाधिकारीहरुलाई आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा आउनुभएका केन्द्रिय सदस्य तथा सांसद पदम गिरीले संयोजक क्षेत्रलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।