विकल्प न्यूज/जलजला
फागुन २२ गते ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मल्लाजमा नेकपा एमाले निकट अखिल नेपाल माहिला संघको वडा कमिटी गठन गरिएको छ ।
आइतबार सम्पन्न महिलाहरुको भेलाले रीता विश्वकर्माको अध्यक्षतामा ६७ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा बिना नेपाली, सचिव गंगा जिसी र उपसचिव सृजना किसान र पविना नेपाली चयन भएको नेकपा एमाले जलजला कमिटीका प्रवक्ता भिमसेन बराइलीले जानकारी दिनुभयो ।
भेलामा अनेमसंघको गण्डकी प्रदेश कमिटी सदस्य हेमकुमारी अधिकारीले महिलाहरुको हक अधिकारको पक्षमा अनेमसंघले आन्दोलन गर्दै आएको बताउनुभयो । राज्यका हरेक निकायमा महिलाहरुलाई समान सहभागिताको पक्षमा अनेमसंघले आन्दोलन गर्दै आएको उहाँको भनाई थियो ।
अनेमसंघको आन्दोलनकै कारण नयाँ संविधानमा महिला अधिकारलाई समावेश गर्न सफल भएको उहाँले बताउनुभयो । आगमी निर्वाचनमा जलजलामा नेकपा एमालेलाई जिताउन महिलाहरुको भूमिका महत्वपूर्ण हुने अधिकारीको भनाई थियो ।
यसैगरी भेलामा अनेमसंघ जलजला कमिटीको अध्यक्ष अनिता रेग्मीले आफ्नो अधिकारका लागि महिलाहरु संगठित हुनुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपा एमाले जलजला कमिटीका अध्यक्ष लालबहादुर अधिकारी, जिल्ला सदस्य टेकबहादुर जिसी, पालिका कमिटीका उपाध्यक्ष बावुराम कार्की, वाड कमिटी अध्यक्ष बम बहादुर विश्वकर्मा र वाड नं २ का जनप्रतिनिधि प्रकाश जि.सीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।