म्याग्दी समाचार

बेनपा ६ मा एमाले र काँग्रेसलाई टक्कर दिन माओवादीबाट केसी आए चुनावी मैदानमा

विकल्प न्यूज\बेनी चैत २४ गते । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका ६ को वडा अध्यक्षमा युवा नेता नगेन्द्र केसीलाई उम्मेदवारका रुपमा अघि सारेको छ । बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको माओवादीले जनाएको छ । वाइसिएल नेपालको केन्द्रिय सदस्य तथा म्याग्दी […]

मालिकामा कांग्रेसबाट ७ वटै वडामा वडाध्यक्षका उम्मेद्वार चयन

विकल्प न्यूज\बेनी चैत २३ गते । म्याग्दीको मालिका गाउँपालिकाका सात वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत सबै वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो । वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई दोहो¥याएको […]

मालढुंगा–बेनी सडकखण्डमा ५ घण्टा यातायात बन्द हुने

 विकल्प न्यूज/पर्वत चैत २३ गते ।    मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद […]

कुहुँमा एमालेबाट युवा नेता रोका ओर्लिए चुनावी दौडमा

विकल्प न्यूज\बेनी चैत २३ गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका १ कुँहुको वडा अध्यक्षमा युवा नेता एकजित रोकालाई अघि सारेको छ । वडा कमिटीको भेलाले रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले मंगलाले जनाएको छ । कुहुँ अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा हो । खुल्ला सदस्यहरुमा ओमकार […]

नेपाली कांग्रेस बेनपा–३ मा रोका,४ मा बानियाँ उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २३ गते । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ । भने वडा नं। ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदार बनाउने निर्णय गरेको छ । भकिम्लीमा मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका रोकालाई सर्वसम्मत […]

काँग्रेसबाट रघुगंगा–८ मा छन्त्याल र १ मा फगामी वडा अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २३ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले रघुगंगामा उम्मेदवार चयन गर्न थालेको छ । वडा नम्बर ८ र वडा १ मा अहिलेका वडा अध्यक्ष नै दोहोरीने भएका छन् । वडा ८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा […]

रघुगंगाको बिशेष गाउँसभाबाट ऐन,कार्यविधि र नियमावली पारित

विकल्प न्यूज\बेनी चैत २२ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष) गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विधायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको ऐन, […]

जलजला ७ धाइरिङमा एमालेको चुनावी अभियान सुरु

विकल्प न्यूज\बेनी चैत २२ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा नेकपा एमालेले चुनावी अभियान थालेको छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले वडा कमिटीले मंगलबार निर्वाचन लक्षित कार्यक्रम सञ्चालनका लागि मिलनचोकमा वडा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष बेदनाथ आचार्यले बताउनुभयो । निर्वाचनलाई लक्षित गरेर एमालेले मंगलबार पार्टी कार्यालय स्थापना गरी चुनावी अभियान […]

बेनपा–८ मा काँग्रेसबाट हिमबहादुर भण्डारी वडाध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २१ गते ।   अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका ८,ले हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ […]

जलजलाको सालिजा र लेकफाँटमा एमालेको वडा पार्टी कार्यालय स्थापना

विकल्प न्यूज\पर्वत चैत २१ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले  जलजला गाउँपालिका कमिटीले आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । वडा कमिटीको वैठक,कार्यालय स्थापना र टोलभेला तथा मतदाता भेटघाट लगायतका चुनावी कार्यक्रम लिएर एमाले गाउँगाउँ पुगेको छ । यसैक्रममा सोमबार जलजला गाउँपालिकाको वडा नम्बर ५ लेकफाँट र ६ […]

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा शर्मा

विकल्प न्यूज\बेनी चैत २० गते ।   नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । आइतवार बेनीमा सम्पन्न महासंघको प्रथम जिल्ला अधिवेशनबाट शर्माको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ, कोषाध्यक्षमा मञ्जु बानियाँ चयन […]

बेनी नगरपालिका ६ का वडाध्यक्ष सँग किन अत्तालियो माओवादी ?

विकल्प न्यूज/बेनी चैत २० गते । बेनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँलाई आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले दोहोराउने निर्णय ग¥यो । शनिबार दिउसो वेनपा ६ मा भएको वडा कमिटीको भेलाले बानियाँलाई सर्वसम्मत रुपमा फेरी वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय सार्वजनिक ग¥यो । निर्णय सार्वजनिक भएको केही समय […]

दुर्गम भेगको एक गरिब परिवारको पीडा

अमित विश्वकर्मा /भेडिखाल्टा चैत २० गते । ढुंगा र काठले बनेको एउटा निकै पुरानो घर, झयालहरु बिहिन उडाङगो बस्नै नमिल्ने तला, नपोतिएका भित्ता संगै ढुङगाको गारो, सानो पिढीँ, अनि घरभित्र पस्ने मुल ढोका नजिकै झुन्डाईका फाटेका अनि मैलिएका कपडाहरु । म्याग्दीको धवलागिरी गाउँपालिका ५ भेडिखाल्टाकी लालमाया बिश्वकर्मा ५ जनाको परिवार सहित बस्ने घर हो यो […]

म्याग्दीमा गठबन्धनको वैठक ः माओवादीले ५० प्रतिशत भाग मागेपछि काँग्रेस आक्रोसित

विकल्प न्यूज/बेनी चैत २० गते । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरु छलफलमा जुटेका छन् । जिल्लामा रहेका सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका जिल्ला स्तरका नेताहरु शुक्रबार पहिलो चरणको छलफल गरेको स्रोतले बताएको छ । केन्द्रय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा जिल्लामा पनि […]

लुम्लेमा नारी जागृती सहकारीको तालिम सम्पन्न

विकल्प न्यूज/बेनी चैत २० गते । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुलाई सहकारी ऐन नियम र व्यवसायका […]