बेनी नगरपालिका ६ का वडाध्यक्ष सँग किन अत्तालियो माओवादी ?

विकल्प न्यूज/बेनी
चैत २० गते ।

बेनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँलाई आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले दोहोराउने निर्णय ग¥यो । शनिबार दिउसो वेनपा ६ मा भएको वडा कमिटीको भेलाले बानियाँलाई सर्वसम्मत रुपमा फेरी वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय सार्वजनिक ग¥यो ।

निर्णय सार्वजनिक भएको केही समय वितिनसक्दै माओवादी केन्द्र बेनी नगर कमिटीको तर्फबाट एउटा विज्ञप्ति सार्वजनिक गरियो । वडा अध्यक्ष बानियाँले १८ गते आफ्ना कार्यकर्ता वडा कमिटीका सदस्य बालकुमार बानियाँलाई अभद्र व्यवहार गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरियो ।

निर्वाचनका समयमा आउने यस्ताखाले विज्ञप्ति त हुन्छन नै तर एउटा जिम्मेवार पार्टीले तथ्य नबुझी र अपुष्ट खालको विज्ञप्ति प्रकाशित गर्नुलाई कुन रुपमा हेर्ने यतिखेर बहश चलेको छ ।

फेरी वडा अध्यक्षको उम्मेदवार सार्वजनिक हुनु यता विज्ञप्ति आउने संयोग मात्र नभएर नियोजित भएको नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीले बताउनुभयो । पुनः नेकपा एमालेले बानियाँलाई अध्यक्षमा उठाउने निर्णय गरेपछि माओवादी अत्तालियो उहाँले भन्नुभयो ‘नितान्त व्यक्तिगत सामान्य कुरालाई लिएर माओवादीले पराजित मानसिकता प्रदर्शन गरेर मिडियाबाजी गरेको छ ।’

विज्ञप्ति आएपछि आफूले बानियाँ सँग कुराकानी गरेको र उहाँले कुनै अभद्र व्यवहार नगरेको उहाँले बताउनुभयो । पारिवारिक कुरामा सामान्य छलफल मात्र भएको र अभद्र व्यवहार आफूले नगरेको बानियाँले पार्टीलाई जानकारी गराएको जिसीले बताउनुभयो । निर्वाचनका समयमा सामान्य कुरालाई लिएर मिडियाबाजी गरेर चरित्र हत्य गर्न खोजिएको उहाँको भनाई छ ।

बेनी स्थित सामुदायिक विद्यालय चोकमा अभद्र व्यवहार गरिएको भन्ने छ उहाँले भन्नुभयो ‘यो झुट्टा हो यदी वडा अध्यक्षले गरेको भए किन दुईदिन पछि सार्वजनिक भयो ? नजिकै प्रहरी छ किन प्रहरीलाई जानकारी भएन ? यी कुराहरुले के थाहा हुन्छ भने यो निर्वाचन लक्षित छ,वडा अध्यक्ष बानियाँको चरित्र हत्या गरेर निर्वाचन जित्ने कुचेष्टा मात्र हो ।’ यस्तो सपना माओवादीले नदेखे हुन्छ जिसीले चेतावनी दिनुभयो ।

यता अध्यक्ष बानियाँले भन्नुभयो ‘उ मेरो जेठा बुवाको छोरा भाई हो । आफ्नै घरआगन जोडिएको छ । भाईको बानीव्यवहारका वारेमा सचेत मात्र गराएको हुँ । विज्ञप्तिमा उल्लेख गरिएको झै कुनै अभद्र ब्यवहार गरेको होइन, सामुदायिक चोकमा भेट भएपछि सामान्य रुपमा छलफल मात्र गरेको हुँ, विपक्षी दलले भाईलाई उचालेर नियजित रुपमा म विरुद्ध प्रयोग गरेका हुन ।’