बेनपा ६ मा एमाले र काँग्रेसलाई टक्कर दिन माओवादीबाट केसी आए चुनावी मैदानमा

विकल्प न्यूज\बेनी
चैत २४ गते ।

नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका ६ को वडा अध्यक्षमा युवा नेता नगेन्द्र केसीलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको माओवादीले जनाएको छ । वाइसिएल

नेपालको केन्द्रिय सदस्य तथा म्याग्दी इन्चार्ज समेत रहनुभएका केसी नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति सदस्य समेत हुनुहुन्छ । वडा कमिटी अध्यक्ष यादब सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको र अन्य पदहरुमा भने थप छलफल गरि टुंगो लगाउने निर्णय भएको नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

वडा नम्बर ६ मा एमालेका तर्फबाट हालका वडाध्यक्ष कृष्णबहादुर बानियाँ र नेपाली काँग्रेसबाट हरिप्रसाद पौडेल चुनावी मैदानमा हुनुहुन्छ । तिनैजना उम्मेदवार अव्बल भएकाले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । पार्टी संगठनका हिसावले नेकपा एमाले बलियो देखिएता पनि माओवादी र काँग्रेसबाट उम्मेदवार बनेका केसी र पौडेलको व्यक्तित्वका कारण त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तिनैजना उम्मेदवारहरु समाजमा लोकप्रिय हुनुहुन्छ ।