बेनपा–८ मा काँग्रेसबाट हिमबहादुर भण्डारी वडाध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी
चैत २१ गते ।

 

अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका ८,ले हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ ।

सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ । गएको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भण्डारीलाई उम्मेदवार बनाइएपनि सदस्य पदमा भने आकांक्षीहरु धेरै भएकाले सिफारिस गरिएको छ ।

वडामा स्तरमा सत्ता गठबन्धनका बीच तालमेललाई समेत मध्यनजर गरी वडा सदस्यहरुको पद टुंगो नलगाइएको जनाइएको छ ।

बेनी नगरका १० वडामा कांग्रेसबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार हुनेमा भण्डारी पहिलो हुनुभएको छ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको छलफल सँगै सबै वडाबाट उम्मेदवारको नाम टुंगो लगाउनका लागि सर्वसम्मत नभए आकांक्षीको नाम सिफारिस गर्न निर्देशन दिएको छ।