कुहुँमा एमालेबाट युवा नेता रोका ओर्लिए चुनावी दौडमा

विकल्प न्यूज\बेनी
चैत २३ गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका १ कुँहुको वडा अध्यक्षमा युवा नेता एकजित रोकालाई अघि सारेको छ । वडा कमिटीको भेलाले रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले मंगलाले जनाएको छ । कुहुँ अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा हो ।

खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर खत्री,दलित महिला सदस्य संगिता किसान र महिला सदस्य दिलकुमारी खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको युवा नेता तथा अध्यक्ष पदका उम्मेदवार रोकाले बताउनुभयो ।