दुर्गम भेगको एक गरिब परिवारको पीडा

अमित विश्वकर्मा /भेडिखाल्टा
चैत २० गते ।

ढुंगा र काठले बनेको एउटा निकै पुरानो घर, झयालहरु बिहिन उडाङगो बस्नै नमिल्ने तला, नपोतिएका भित्ता संगै ढुङगाको गारो, सानो पिढीँ, अनि घरभित्र पस्ने मुल ढोका नजिकै झुन्डाईका फाटेका अनि मैलिएका कपडाहरु ।
म्याग्दीको धवलागिरी गाउँपालिका ५ भेडिखाल्टाकी लालमाया बिश्वकर्मा ५ जनाको परिवार सहित बस्ने घर हो यो । लालमाया उमेरले ३५ बर्षको हुनुभयो । जन्मिदै शारीरिक रुपमा अशक्त उहाँको जिबन अभावै अभावमा बितेको छ ।

आफु कमजोर भएपछि लालमायालाई परिवारले रघुगंगा गाउँपालिका ८ कुइनेखानी निवासी बसविर बिश्वकर्मा संग बिबाह गराईदिए । श्रीमान वसविर उहाँ भन्दा दोब्बर उमेरले जेठो हुनुहुन्छ । हाल बसविर ७४ बर्ष पुग्नुभयो । १८ बर्षकै कलिलो उमेर विवाह गर्नु भएकी लाममायाका ४ वटा सन्तान छन ।

३ छोरा र १ छोरीलाई जन्म दिएकी लालमाया आँखा कम देख्नुहुन्छ, जसका कारण खेतबारीको काम गर्न त परको कुरा भयो हिडडुल गर्न समेत उहाँलाई समस्या हुने गरेको छ । ७४ बर्षका श्रीमान सँंग दुखि जिबन बिताईरहेका लालमायाको परिवार १२ बर्ष अघिनै कुईनखानीेबाट भेडिखाल्टा आएर बस्न थालेको हो ।

अहिले लालमायाको परिवार बस्ने घर उहाँको माइती (कान्छा बुवा) को हो । माइतीले बस्न दिएको त्यही पुरानो भत्किनै लागेको घरबाहेक लालमाया र बसविरको परिवारको अरु केहि पनि छैन ।

साहुको मेलापात गर्दै जिबनयापन गर्ने बसविरको परिवारमा अर्को बज्रपात आइप¥यो, गतबर्ष काम गर्ने क्रममा बसविरको आँखामा ढुङगामा प¥यो, र उपचार खर्च जुटाउन नसकी समयमै अस्पताल पुग्न नसक्दा उहाँको एउटा आँखाको ज्योति गुमेको छ । एउटा आँखाको भरमा ७४ बर्षका बसविरले बनमा जाने दाउँरा ल्याउने लगायतका घर बाहिर र भित्रका काम गर्नुहुन्छ ।

‘कुइनेखानीमा भएको सानो बास पनि भत्किसकेको छ । त्यहाँ भएको थोरै जग्गा जमिन पनि पहिरोले लगिदियो अहिले न वस्ने बास छ न खेतीपाति गरेर खाने जग्गा जमिन छ’ बसविरले भन्नुभयो, “माइतीको घरमा बसेको छु, काम गरेर खाने उमेर गयो, न आँखा देख्न सक्छु,बच्चा साना छन निकै दुखका दिन काटेको छु” ।

जेठो छोरा सुविन्द्र १५ बर्षका भए, हाल उनलाई काठमाडौँको एक संस्थाले निशुल्क रुपमा पढाईदिएको छ । सुविन्द्रले कक्षा ६ मा अध्ययन गर्दै छन । माईलो छोरा राजेन्द्र ११ बर्षको छन, स्थानीय जनज्योति आधारभूत बिद्यालयमा कक्षा ४ मा पढ्दापढ्दै राजेन्द्रले स्कुल जान छोडेका छन ।

घरको आर्थिक अबस्था कमजोर भएको र कापी, कलम तथा पोसाक व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छोडेर छिमेकमा आफुले सक्ने काम गर्न थालेका छन । शुक्रबार म्याग्दी प्रेसको टिम त्यहाँ पुग्दा राजेन्द्र दिनको ५० रुपैयाँ पाउने गरि पाखामा बाख्रा चराउँदै थिए ।

लालमायाकी १० बर्षिय छोरी शुशिलालाई पनि पढ्ने निकै रुचि छ । उहाँको कान्छो छोरा तेजिन्द्र भने भर्खर २ बर्ष भएका छन । लालमायाँ र बसवीरको परिवारको आम्दानीको श्रोत भनेको नेपाल सरकारले उपलव्ध गराउने बृद्धा भत्ता हो ।
श्रीमानले पाउने मासिक चार हजार भत्ताबाटै चामल, नुनतेल खाने तथा औसधिउपचार गर्ने गरिएको लालमायाँले बताउनुभयो ।

‘छोराछोरी साना छन, बुढा ७४ बर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि कमजोरी छु, लाउने खाने देखि लिएर पढाउन पनि धरै समस्या भएको छ’ लालमायाँले भन्नुभयो, “ कपडा त मोगेर लगाउँछौ, बरु कुनै छाक भोकै बस्छौँ, छोराछोरीको पढाईका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो” ।

बसविरलाई आफु जन्मेको हुर्केको ठाउँ कुइनेखानी गएर बस्ने निकै ठुलो चाहना छ । कसैको सहयोगमा कुईनेखानीमा सानो घर बनाईदिए उतै गएर मर्ने धोका छ, बसविरले भन्नुभयो ।