फिचर
दृष्ट्रि विहिन खत्रीले गरे पहिलो मतदान

विकल्प न्यूज/बेनी आगमी नयाँ नेतृत्व चयन गर्न बुधवार हुनलागेको स्ववियु निर्वाचनमा म्याग्दी वहुमुखी क्याम्पसको विएड दोस्रो वर्षमा अध्ययनरत गोपाल खत्रीले कमल खत्रीको सहयोगमा पहिलो मतदान गर्नुभएको हो । मतदान विहान ८.१५ देखि सुरु भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
सँगसँगै मतदान ….

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दी बहुमुखी क्याम्पसको स्वावियु निर्वाचनमा मतदान गर्दै सभापतिका उम्मेदवारहरु । अनेरास्ववियुकी सावित्री खत्री,नेविसंघका हरिकृष्ण आचार्य,अखिल क्रान्तिकारी(प्रचण्ड) का सुदिन पौडेल र अखिल क्रान्तिकारी(विप्लव)का सम्राट सापकोटा । उनीहरुले एकसाथ मतदान गरेका छन् । अहिले मतदान प्रक्रिया सुरु भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
जन्म गाउँमा स्वागत …

जन्म गाउँमा स्वागत … राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनवहादुर श्रेष्ठलाई उहाँको जन्म गाउँ बेनपा १३ सिङगाका स्थानीयवासीहरुले बाजागाजा सहित स्वागत गरेका छन् । उपाध्यक्षमा नियुक्त भएपछि श्रेष्ठ पहिलोपटक गाउँ पुग्नुभएको थियो । तस्विर ठाकुरप्रसाद आचार्य
जग्गादातालाई सम्मान……

जग्गादातालाई सम्मान…… बेनी नगरपालिका १३ र १४ को संयुक्त वडा कार्यालय भवन निर्माणका लागि १५ आना एक दाम जग्गा उपलब्ध गराउनुभएकी कर्णकुमारी भट्टचनलाई सिंगामा नागरिक अभिनन्दन गरिदै । तस्विर ठाकुरप्रसाद आचार्य
योजना आयोगका उपाध्यक्षश्रेष्ठलाई जन्म गाउँमा भव्य स्वागत (फोटो फिचर)

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठलाई जन्म गाउँमा भव्य स्वागत (फोटो फिचर) ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ५ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन वहादुर श्रेष्ठलाई उहाँको जन्म गाउँ बेनपा १३ सिङगाामा भव्य स्वागत गरिएको छ । सिङगाका स्थानीयवासीहरुले उपाध्यक्ष श्रेष्ठलाई बाजागाजा सहित भव्य स्वागत गरिएको हो । वडा नागरिक मञ्च र धौलागिरि मावि सिङगाले […]
लौन हजुर ! मेरो काम गरिदिनुप¥यो

लौन हजुर ! मेरो काम गरिदिनुप¥यो विकल्प न्यूज/बेनी फागुन ४ गते । जिल्लाको दरवाङ गाविस २ का एक सेवाग्राही आन्दोलनकारी समक्ष काम गरिदिन अनुरोध गर्दै । (आन्दोलनकारीका विचमा) काठमाण्डौ वस्ने उहाँ चार दिन देखि बेनीमा हुनुहुन्छ । नाता प्रमाणितको काम लिएर बेनी आउनुभएको उहाँ स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण चारदिन सम्म पनि काम हुनसकेको छैन […]
सधै उत्कृष्ट

सधै अगाडी विकल्प न्यूज/बेनी युवा संघ नेपाल म्याग्दीद्धारा आयोजित चौथो युवा भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि बेनी नगरपालिका ९ काउँलेगौडाका खेलाडीहरु । साथमा चर्चित भलिबल खेलाडी तेजिन्द्र बानियाँ । तस्विर ठाकुरप्रसाद आचार्य
बेगखोलाकी सिजन पुर्जा उत्कृष्ट खेलाडी घोषित

विकल्प न्यूज/बेनी माघ २९ गते । युवा संघ नेपाल म्याग्दीद्धारा आयोजीत चौथो युवा भलिबल प्रतियोगितामा महिला तर्फ बेगखोलाकी सिजन पुर्जा उत्कृष्ट खेलाडी घोषित भएकी छिन । तस्विर ठाकुरप्रसाद आचार्य
दौडमा गोल्ड मेडल
दौडमा गोल्ड मेडल विकल्प न्यूज/बेनी माघ १८ गते । रास्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७३ मा वेस्ट पोइन्टको तर्फबाट पहिलो गोल्ड मेडल प्राप्त गर्ने खेलाडी विद्यार्थी दिप्सन श्रेष्ठ उनले छात्र तर्फको १५ सय मिटरको दौडमा प्रथम स्थान हासिल गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य
यस्तो देखियो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता (फोटो फिचर)

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ माघ । म्याग्दीको बेनीमा मंगलबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता माघ २२ गते सम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला स्तरका खेल प्रतिभाहरुलाई क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले आयोजित प्रतियोगितामा ४२ वटा […]
दौडमा पहिलो
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ १८ गते । बेनीमा सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको १५ सय मिटरको दौडमा जयन्ती मावि भकिम्लीकी मनिषा पुन प्रथम भएकी छन् ।
घोडेपानीका होटल चिनीया पर्यटकले भरिभराउ(फोटो फिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ माघ । म्याग्दीको घार गाविस १ मा पर्ने प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीका होटलहरु चिनीया पर्यटकले भरिभराउ भएका छन् । पर्यटन ब्यवसायका हिसावले बेसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनीया पर्यटकको चापसंगै घोडेपानीका होटलहरु भरिभराउ भएका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने घोडेपानीमा दैनिक दुई सय जनाको अनुपातमा […]
हाम्रो पहिचान

हाम्रो पहिचान विकल्प न्यूज/पर्वत माघ १३ गते । पाँचौ पर्वत महोत्वस सफल पार्न भेषभूषामा सजिएर जुटेका पर्वतका युवतीहरु । तस्विर ठाकुरप्रसाद आचार्य
पाँचौ पर्वत महोत्सवमा स्वागत छ

पाँचौ पर्वत महोत्वसवमा स्वागत छ विकल्प न्यूज माघ १३ गते । तस्विर ठाकुरप्रसाद आचार्य
महोत्सवको मुस्कान (फोटो फिचर)

पहिचानको मुस्कान पर्वत महोत्वसमा जातिय पहिचान झल्कीने भेषभूषामा सजिएका युवतीहरु । तस्विर ठाकुरप्रसाद आचार्य