यस्तो देखियो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता (फोटो फिचर)

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ माघ ।
म्याग्दीको बेनीमा मंगलबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता माघ २२ गते सम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला स्तरका खेल प्रतिभाहरुलाई क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले आयोजित प्रतियोगितामा ४२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।DSC_0057प्रतियोगितामा एथलेटिक्स, भलिबल, कवड्डी, तेक्वान्दो र कराते बिधाका विभिन्न खेलहरु खेलाउने कार्यक्रम छ । प्रथम, दितृय र तितृय हुने विद्यालयले क्रमश नगद ५० हजार, २५ हजार र १५ हजार रुपैया पुरस्कार सहित राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।DSC_0021प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले खेलकुदको विकासका लागि खेलाडीलाई प्रोत्साहन र पुर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुदको विकासका लागि खेलमैदान, कवर्डहल निर्माण र खेल सामाग्री तथा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताउनुभयो ।DSC_0033कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र स्थानीय विकास अधिकारी प्रेमराज गिरीले खेलकुदको विकास र खेलाडीको प्रोत्साहनका लागि सरकारले पहल गरिरहेको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता र उपाध्यक्ष सोभन श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको साजन परियारले सञ्चालन गर्नुभएको थियो ।DSC_0009प्रतियोगिता उद्घाटन पुर्व बेनीमा प्रभातफेरी गरिएको थियो भने खेलाडी र कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यालय प्रमुख, सुरक्षा अधिकारी, खेलकुद संघका प्रतिनिधि, खेलकुद विकास समितिका पुर्व अध्यक्ष, राजनितिक दलका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो । DSC_0010

DSC_0085DSC_0063DSC_0104तस्विरहरु ठाकुरप्रसाद आचार्य