घोडेपानीका होटल चिनीया पर्यटकले भरिभराउ(फोटो फिचर)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ माघ ।
म्याग्दीको घार गाविस १ मा पर्ने प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीका होटलहरु चिनीया पर्यटकले भरिभराउ भएका छन् ।

पर्यटन ब्यवसायका हिसावले बेसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनीया पर्यटकको चापसंगै घोडेपानीका होटलहरु भरिभराउ भएका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने घोडेपानीमा दैनिक दुई सय जनाको अनुपातमा चिनीया पर्यटकहरु भित्रीएका स्थानीय होटल ब्यवसायी टेकसर वुद्धुजा पुनले बताउनुभयो ।Punahill Ma Snow (11)“नयाँ वर्षको बिदा मनाउन आएका चिनीया पर्यटकहरुका कारण बेसिजन भएपनि ब्यवसाय राम्रो भएको छ” घोडेपानी स्थित स्नो भ्यु लजका सञ्चालन पुनले भन्नुभयो “शुक्रबार हिउँ परेपछि भ्रमणमा आएका पर्यटक उत्साहीत भएका छन् ।” पदमार्गको भ्रमणमा आएका पर्यटकहरु हिउँ खेल्न पाउँदा दंग परेका हुन । Punahill Ma Snow (9)   घोडेपानीमा रहेका २३ वटा सुबिधासम्पन्न होटलहरु चिनीया पर्यटकले खचाखच भरिएका छन् । एक साता सम्मका लागि होटल बुक भएका व्यवसायीले बताएका छन् । पुनहिल, घोडेपानी, देउराली क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ परेको छ ।Punahill Ma Snow (3)हिउँ खेल्दै सेताम्मे बनेका डाँडाकाडाँको दृष्य अवलोकन गर्न पाउँनु थप आकर्षण बनेको पुनले बताउनुभयो । शनिबार बिहान दुई सय जना भन्दा धेरै पर्यटकहरु पुनहिल पुगेका थिए । हिउँ खेलेर रमाईलो गर्नका लागि कतिपय पर्यटकलाई घोडेपानी बसाई थपेका छन् । Punahill Ma Snow (5)पोखरा लगायतका सहरबाट आन्तरीक पर्यटक पनि हिउँ खेल्न घोडेपानी, पुनहिल पुगेका छन् । पुनहिल सुर्योदय र हिमशृङखलाको अवलोकनका लागि प्रसिद्ध छ । कास्कीको नयाँपुल, घान्द्रुक र म्याग्दीको भुरुङ तातोपानी हुदै घोडेपानीमा बास बस्न पुग्ने पर्यटकहरुका लागि पुनहिल प्रमुख गन्तब्य हो ।Punahill Ma Snow (10)समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिलबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका करिब बिस वटा हिमशृङखलाको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।