मनोरञ्जन

गण्डकी प्रदेश पुरस्कारबाट श्रेष्ठ सम्मानित

विकल्प न्यूज\बेनी भदौ २५ गते । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार र दर्शनको […]

प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न

विकल्प न्यूज\बेनी भदौ २३ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष कटुवालले कला संस्कृति राष्ट्रको अमुल्य निधि भएको […]

प्रतिष्ठान म्याग्दीद्वारा पत्रकार महासंघलाई आर्थिक सहयोग

विकल्प न्यूज\बेनी भदौ २३ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ ।शनिवार जिल्ला सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित प्रतिष्ठानको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा महासंघलाई नगद १० हजार रुपैयाँ सहयोग गरिएको हो । […]

बेनीमा गाईजात्राको रौनक (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ १४ गते । बेनीमा जनै पुर्णिमाका अवसरमा गाईजात्रा पर्व मनाइएको छ । बर्खे नाच अन्तर्गत विहिवार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन । नेवार समुदायले आज विहानै देखि दिवंगत आफन्तको सम्झनामा बेनीमा गाईजात्रा पर्व मनाएका हुन । गाईजात्रा पर्व दुईदिन सम्म मनाउने गरिन्छ । गाईजात्रामा पाका पुस्ता सँगै युवा पुस्ताको उल्लेख्य सहभागिता […]

बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु

विकल्प न्यूज\बेनी ४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचस् हरुले ९युवा० बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका […]

श्रीधरले सिम्रनको स्वरमा ल्याए ‘मुटुमै घाउ छ…’

विकल्प न्यूज/बेनी साउन २७ गते ।    सामाजिक सञ्जालमा भाइरल प्रतिभा बागलुङकी सिम्रन परियारको दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिवार बेलुका उनको स्वरमा ‘मुटुमै घाउ छ…’बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा डा. विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन छ । श्रीधरकै निर्देशन रहेको भिडियोमा सिम्रन स्वयंम प्रस्तुत छिन् […]

संगीतकर्मी संघले तिज गीत प्रतियोगिता आयोजना गर्ने

विकल्प न्युज/ बेनी साउन २४ गते । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल […]

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

 विकल्प न्यूज/बेनी असार ५ गते ।   म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई वृत्तचित्रमा समावेश गरिएको […]

मावि स्तरीय लोकगीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम

विकल्प न्यूज/बेनी जेठ १६ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगर रु २५ हजार सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त […]

प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोकगीत प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी बैशाख २१ गते । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १५ गते अन्तरमावि एकल लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ। गणतन्त्र दिवसको अवसरमा लोक गित क्षेत्रमा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरमावि एकल लोकगीत प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष ध्रुव […]

लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीको कार्यालय उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख १ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्लाकार्य समिति म्याग्दीले कार्यालय स्थापना गरेको छ । नयाँवर्ष २०८०को अवसर पारेर प्रतिस्ठानले कार्यालय संचालन गरेको हो । कार्यालयको प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य तथा म्याग्दीका सल्लाहकार धनकुमारी थापाले कार्यालय उद्घाटन गर्नुहुँदै म्याग्दी कलाकारिताको विकासमा संस्थाले काम गर्नुपर्ने बताउनुभयो । जिल्लामा पछिल्ला केही वर्ष […]

दीपक शर्माको ‘डाँडै पिपल’मा सुधीर र आरुषीको अभिनय

चैत ४ गते।   सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीतमा तयार भएको गीत ‘डाँडै पिपल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय रहेको छ। गीतमा समीक्षा अधिकारी र झलक पुनको स्वर रहेको छ। डाँडै पिपलको एरेन्ज नरेन्द्र वियोगीले गर्नुभएको हो।  लोक शैलीको रोमान्टिक गीतमा एक […]

मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल

विकल्प न्यूज/बेनी फागुन २४ गते । टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् । प्रवास रहेर गीत संगीतलाई […]

जिल्ला स्तरीय नृत्य प्रतियोगिताको शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी फागुन २० गते ।   शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय शिक्षक र विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितीय शिख मावि शिख र तृतीय पाउद्धार मावि पाउद्धारका शिक्षकहरु भएका छन् । त्यस्तै विद्यार्थी तर्फ क्रमश प्रकाश मावि, कालिका मावि तिप्ल्याङ र […]

गायिका एलिना चौहानको प्रस्तुतीमा नाचे म्याग्देली

विकल्प न्यूज\बेनी पुस २९ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायीका एलिना चौहानले दमदार प्रस्तुती दिइन । खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरु चौहानको प्रस्तुतीमा निकै हौसिएर नाचेका थिए । चौहानका साथै प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । […]