अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्युज / बेनी

मंसिर २८ गते ।

म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ ।

अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले गर्नुभएको हो । दिप सागर र जुना गुरुङको आकर्षक अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गर्नुभएको हो ।

मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी (बाइसे, चौविसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ) लाई समेत समावेश गरिएको छ ।
गुल्मी र बेनी बजारका मायालु जोडिको प्रेमका भावहरुलाई गीतमा व्यक्त गरिएको छ । मौलिकता र आफ्नो पनलाई गीतमा प्रस्तुत गरिएको गायक तथा सर्जक विश्वकर्माले बताउनुभयो । चिनाकोटको प्रचार प्रसारमा सहयोग पुगोस भनेर चिनाकोट धुरीमै पुगेर छायाँङ्कन गरिएको गायक विश्वकर्माको भनाई छ ।
गीतको भिडियोमा गायक तथा मोडल ध्रुव जिसी, गायक रवि कार्की, विजुन केसी, भलिबल प्रशिक्षक तेजेन्द्र वानियाँ, सर्जक कलाधर कँडेल, गोकुल विश्वकर्मा, गायक जीवन कार्की लगायतलाई पनि देख्न सकिन्छ ।

हाल जापानमा रहनुभएका विकास अनुरागीले यसअघि लेकमा गोवान लोक दोहोरी गीत प्रस्तुत गरिसक्नुभएको छ ।

झन्डै डेढ दशकको समयमा लोक संगीतका विताउनुभएका गायक तथा संचारकर्मी अमित विश्वकर्माका ठाउँ छ मनै खानी, पुग्नै पर्ने ठाउँ, हेर्छु डाँडैबाट, डाँडापारी मायाको गाउँछ, बैश छदा भएन पैसानी, रोईहिन्छु सधैभरि म लगायतका गीतहरु सार्जनिक भएका छन ।