विकल्प न्यूज/बेनी
म्याग्दी,साउन ६ गते ।

म्याग्दीको बेनी नगरपालिका ९, मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा करिब चार लाख रुपियाँ भेटी संकलन भएको छ । साउनको पहिलो शिवालय मन्दिरमा ३ लाख ९४ हजार ८ सय २७ रुपियाँ संकलन भएको हो ।
मन्दिरमा पूजाआराधाना गर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार विहान सरोकारावालाहरुको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गणना गरी सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

कोषका पदाधीकारी, जनप्रतिनिधि सुरक्षाकर्मी र स्थानीयबासीहरुको उपस्थितिमा गणना गरी भेटी बैंकमा जम्मा गर्न पठाएको उहाँले बताउनुभयो । साउन महिनाको धार्मिक मेलालाई ब्यवस्थित बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरेर परिचनालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । सोमबार करिब १५ हजार भक्तजनहरुले गलेश्वर मन्दिरको दर्शन गरेको कोषले जनाएको छ ।