ताजा समाचार:
Search

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

विकल्प न्यूज/बेनी
मङ्सिर ६ गते ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ ।
नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ तथा बेनी – बाग्लुङ जाने यात्रुहरु, गेट वाहिर रहने यातायात व्यवसायीहरु, समेतलाई सुविधा पुग्ने गरि तातो चिसो शुद्ध पीउने पानीको व्यवस्था गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले सेवाग्राहीहरुलाई लक्षित गरि तातोचिसो पिउने पानीको व्यवस्थाका लागि वाटर डिस्पेन्सर राखिदिएकोमा प्रतिष्ठानलाई आभार प्रकट गर्नुभयो । केसीले भन्नुभयो, ‘प्रतिष्ठानले सामाजिक उत्तरदायित्व वहन गरेको छ, हाम्रा सेवाग्राही तथा गेट वाहिर ट्याक्सी तथा बसको पर्खामा रहने यात्रुहरुलाई पनि यसले पिउने पानीको सुविधा हुनेछ ।

नगरप्रमुख केसीले एक गीलास मनतातो पानी समेत पिउनुभएको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रत्येक दिन उक्त जारमा पानी राख्ने, मेसिनमा पानी तताउने र उक्त मेसिनको सुरक्षा गर्ने समेतको जिम्मेवारी नगर प्रहरीले लिने भएको छ ।
नगर प्रहरी प्रमुख शंकर पौडेलले १० वटै वडाबाट आउने सेवाग्राहीहरु तथा अन्य व्यक्तिहरुलाई समेत तातो चिसो शुद्ध पीउने पानीको सुविधा भएको भन्दै प्रत्येक दिनमा जारमा पानी राख्ने र उक्त वाटर डिस्पेन्सरको हेरचाह गर्ने कार्यमा नगर प्रहरी खटिने बताउनुभयो ।

प्रतिष्ठानले करिव १३ हजार २ सयको लागतमा उक्त वाटर डिस्पेन्सर राखेको हो । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका कोषाध्यक्ष तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेल, सदस्य राजकुमार परियार, शक्ति छिनाल लगायतको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तरगत प्रतिष्ठान म्याग्दीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका राहतका लागि १५ हजार ५ सय ५५ रपैयाँ प्रतिष्ठान केन्द्रलाई दुई साता अघि पठाएको थियो ।