Search

प्रतिष्ठान म्याग्दीद्वारा पत्रकार महासंघलाई आर्थिक सहयोग

विकल्प न्यूज\बेनी
भदौ २३ गते ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ ।शनिवार जिल्ला सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित प्रतिष्ठानको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा महासंघलाई नगद १० हजार रुपैयाँ सहयोग गरिएको हो ।

उक्त रकम प्रतिष्ठानका अध्यक्ष धु्रव जिसीले महासंघका शाखा अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गर्नुभएको हो । महासंघको भवन मर्मत कार्यमा सहयोग पुगोस भनेर सो रकम सहयोग प्रदान गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीले बताउनुभयो ।

जिल्लाको लोक संस्कृतिको प्रचार प्रसारमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष जिसीले आगामी दिनहरुमा पनि कलाकार तथा पत्रकारहरुको सहकार्य हुनुपर्ने बताउनुभयो । सहयोग रकम ग्रहण गर्दै अध्यक्ष पौडेलले भवन मर्मत प्रयोजनका लागि आर्थिक सहयोग गरेकोमा प्रतिष्ठान म्याग्दी परिवारलाई आभार प्रकट गर्नुभयो ।

महासंघले बेनी नगरपालिका वडा नम्वर ७ स्थित पुरानो खाद्य संस्थानमा बेनी नगरपालिकाको नाममा रहेको पुरानो भवनलाई मर्मत गरि वार्षिक रुपमा भाडा तिर्न गरि कार्यालय संचालन गरेको छ ।

पुरानो भवन प्लास्टर, रंगरोगन, चौतारी, गेट निर्माण तथा फुलबारी निर्माण गर्ने कार्यमा करिव ५ लाख रुपैया खर्च हुने महासंघका शाखा कोषाध्यक्ष अमित विश्वकर्माले बताउनुभयो ।