बिजनेस
म्याग्दी क्याम्पस र उवासंघ विच रोजगार व्यस्थापन सम्बन्धी सम्झौता

विकल्प न्यूज/बेनी असोज १२ गते । म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ विच रोजगार व्यवस्थापन सम्बन्धि सम्झौता भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रोजगारीको व्यवस्थापन गर्न क्याम्पस र वाणिज्य संघ विच सम्झौता भएको हो । शुक्रवार उद्योग वाणिज्य संघको कार्यालयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी […]
सहकारीद्वारा क्षमता अभिवृद्धि तालिमको आयोजना

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज ९ ।सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सहकारी संस्थाको सञ्चालक समिति र उपसमितिका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । सहकारीकर्मीको क्षमता वृद्धि तथा नयाँ ऐनको बारेमा जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको सहकारीले जनाएको छ […]
तल्लो मोदीको ९५ प्रतिशत काम सकियो, दशैं अघि बिजुली बाल्ने लक्ष्य

विकल्प न्यूज/पर्वत असोज ७ गते । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको […]
विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज ६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेका छन्भने कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९०० रुपैयाँ रहेको […]
बेनी बचत तथा ऋण सहकारी संस्थाको साढे २७ करोड लगानी

विकल्प न्यूज/बेनी असोज ६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै […]
भगवतीमा माछापुच्छ्रेको शाखा रहित बैङ्कीङ सेवा सुरु

विकल्प न्यूज/बेनी असोज ५ गते । माछापुच्छ्रे बैङ्कले म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको अधेरीखोलामा शुक्रबार ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखारहित बैङ्कीङ सेवा सुरु गरेको छ । भगवती, बेगखोला र पिप्लेका बासिन्दालाई गाउँमै बैङ्कीङ सेवा उपलब्ध गराउने उद्देश्यले २९ औ सेवा केन्द्र स्थापना गरिएको बैंकको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले बताउनुभयो । सेवा केन्द्रबाट निक्षेप […]
कस्तुरी सहकारीद्धारा शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसका अवसरमा परोपकारी कार्यमा क्रियाशिल ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गरेको छ । विहिवार सहकारीको नवौं बार्षीक साधारसभा तथा तेस्रो अधिवेशनमा संस्थाका अध्यक्ष राजेश शाक्य,प्रमुख अतिथि बेनी नगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शान्तिकोषका कोषाध्यक्ष खमवहादुर थापालाई उक्त रकम […]
मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम निर्वाचित

विकल्प न्यूज/बेनी भदौ २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा लीलाराम गौतमलाई निर्वीरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्षमा दण्डपाणी सापकोटा,सचिव दण्डपाणी पराजुली,कोषध्यक्ष चिरञ्जीवि बोगटी सहसचिव भावना पौडेल निर्वाचित हुनुभएको छ । यसै गरिवरिष्ठ सदस्य देवी केसी […]
मुक्तिनाथ सहकारीको साधारणसभा बेनीमा सुरु

विकल्प न्यूज/बेनी भदौ २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सुरु भएको छ । साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमवहादुर कार्कीले सहकारी सिद्धान्त अनुसार सहकारीहरुले आर्थिक कारोवार गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक […]
पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, १७ भदौँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता रहेको तिज […]
च्याम्बर अवार्डबाट दुई विद्यार्थी सम्मानित

विकल्प न्यूज/बेनी भदौ १६ गते । म्याग्दी बहुमुखी क्याम्पसका दुइ विद्यार्थी च्याम्बर अवार्डबाट सम्मानित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारसभाका अवसरमा सर्वोउत्कृष्ट अंक ल्याई व्यवस्थापन संकायबाट स्नातक उत्र्तिण गर्ने बेनी नगरपालिका ६ की सजिना सुवेदी र ९ घतान निवासी मिलन खत्रीलाई च्याम्बर अवार्डबाट सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयले २०७४ […]
खोप्रालेक आकर्षक पर्यटकीय गन्तब्य

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखको पाउँद्धारको टुप्पोमा रहेको पर्यटकीय स्थल खोप्रालेक जिल्लाको उत्तरी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटन सिजनमा यहाँ आन्तरिक वाह्यै पर्यटकको निकै चहलपहल देख्नसकिन्छ । सिजन सुरु भएसँगै खोप्राको सुन्दरतामा रमाउन आन्तरिक एवम् वाह्ै पर्यटकहरुको संख्यामा निकै वृद्धि हुन्छ । आँखै अगाडी देखिने […]
सात करोड लगानीको प्रस्ताव सहित मालिकाको पर्यटन गुरुयोजना तयार

विकल्प न्यूज/बेनी भदौ ६ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाले पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशिल नेपाल प्रालिको सहकार्यमा गाउँपालिकाले गुरुयोजना तयार पारेका हो । गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको निर्माण,पदमार्ग र होमस्टेलाई उच्च प्राथमिकता राखेर पाँच वर्षे पर्यटन गुरुयोजना तयार पारिएको हो । गुरुयोजनाका रुपमा तयार पारेको पुस्तक बुधबार […]
कृष्णगंगाको करिब नौ करोडको कारोबार

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ भदौ । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले गत आर्थिक वर्ष २०७४/७५ मा करिब नौ करोड रुपैयाँको कारोबार गरेको छ । आठ करोड ८३ लाख ८५ हजार रुपैयाँ कुल कारोबार गरेको संस्थाले छ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन र छ करोड ५० लाख रुपैयाँ लगानी […]
भ्रमण वर्षलाई साथ दिने म्याग्दी सहकारीको निर्णय

गोपाल छन्त्याल/बेनी भदौं ४ गते । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ । रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७ बुदें बार्षिक कार्ययोजना […]