कृष्णगंगाको करिब नौ करोडको कारोबार

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ५ भदौ । Krishna Ganga Sahakari (4)जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले गत आर्थिक वर्ष २०७४/७५ मा करिब नौ करोड रुपैयाँको कारोबार गरेको छ ।

आठ करोड ८३ लाख ८५ हजार रुपैयाँ कुल कारोबार गरेको संस्थाले छ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन र छ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । हालै सम्पन्न दशौं साधारणसभामा गत वर्ष ९१ लाख रुपैयाँ आम्दानी, ७७ लाख खर्च र १४ लाख रुपैयाँ नाफा भएको जानकारी गराइएको थियो ।

रामकृष्ण आचार्यको अध्यक्षता, लक्ष्मीप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्न र सामाजिक रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । वडा अध्यक्ष टुङगनाथ आचार्य र उपाध्यक्ष डिल्लीराम पौडेलले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नारायण आचार्यले आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।

५ जना उत्कृष्ट बचतकताृ, तिन जना बाल बचतकर्ता, २ जना असल ऋणीलाई सम्मान र जलजला ८ का पहिरो पीडित रुप दमैलाई पाँच हजार १०० रुपैयाँ नगद सहयोग उपलब्ध गराइएको प्रबन्धक ओमप्रकाश शर्माले बताउनुभयो ।