बिजनेस
वडा अध्यक्षको पद त्यागेका खड्काको फस्टाउँदो बाख्रापालन

साधन राम्जाली/विकल्प न्यूज मघ १० गते । दुइवर्ष अघि स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका २ ज्यामरुककोटको वडा अध्यक्षको उम्मेदवार बन्न पार्टीले गरेको प्रस्तावलाई अस्विकार गर्नुभएका खबरका यामबहादुर खड्काले बाख्रपालन व्यवसाय सुरु गर्नुभएको छ । २० लाख रुपियाँ लगानी गरेर खड्काले उन्नतजातका बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । ४८ बर्षिय खड्काले २० लाख रुपियाँको लगानीमा बाख्रापालन […]
निर्माण व्यवसायी संघ म्याग्दीमा निर्वाचनको कार्यक्रम माघ १९ गते तय

विकल्प न्यूज/बेनी माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो । साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले असन्तुष्ट […]
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन तयारी पुरा

विकल्प न्यूज/बेनी माभ ४ गते । माघ ५ गते हुने निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । शनिवार सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा हुने अधिवेशनको सवै तयारी पुरा भएको संघका अध्यक्ष नारायण जिसीले बताउनुभयो । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी संघले सो कुराको जानकारी […]
छिमेकी लघुबित्त म्याग्दी शाखाको दोस्रो वार्षिक इकाई भेला सम्पन्न

साधन रामजाली मगर, विकल्प न्युज/ बेनी माघ ३ गते । छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेड म्याग्दी शाखाको दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न भएको छ । दुई बषर््ा अघि म्याग्दीको गलेश्वरमा शाखा स्थापना गरेको संस्थाले बिहिबार दोस्रो वार्षिक ईकाइ भेला सम्पन्न गरेको हो । भेलाको प्रमुख अतिथि बित्तका क्षेत्रिय प्रवन्धक निरन्जन महतोले उद्घाटन गर्नुभएको हो । […]
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन रोक्न माग गर्दै दायर भएको रिट खारेज

विकल्प न्यूज/बेनी माघ ३ गते । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशन रोक्न माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर भएको रिट बिहीबार खारेज भएको छ । अदालतका मुख्य न्यायाधिशद्धय शेषमणी शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले निर्माण व्यवसायी संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटाको नाममा दर्ता भएको रिट […]
युवाहरुको सामुहिक लगानीमा बेनीमा खुल्यो व्यवस्थित मिट सप

विकल्प न्यूज/बेनी माघ १ गते । बेनीका युवाहरुले सामुहिक लगानीमा बेनीबजारमा व्यवस्थित मासु पसल खोलेका छन् । बेनी नगरपालिका ८ गणेश टोलमा युवाहरुले सटर भाँडामा लिएर मंगलवार देखि म्याग्दी कोरला मिट सप सञ्चालनमा ल्याएका हुन । अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश पौडेललको नेत्वमा चन्द्रमान छन्त्याल,सुवास विश्वकर्मा, विजय घर्ती लगायतका ७ जना युवाहरुले सामुहिक लगानीमा व्यवस्थित मिट सप […]
घलेम्दीको आईपिओ बाँडफाँड

विकल्प न्यूज/बेनी माघ १ गते । घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ माघ १ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् । आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध […]
श्रीकृष्णगंगाका सदस्यहरुलाई सहकारी शिक्षा

विकल्प न्यूज/बेनी पुस ३० गते । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाका आयोजनामा सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी अभियानकर्मी चन्दीप्रसाद शर्माले सेयर सदस्यहरुलाई सहकारीको महत्व, सिद्धान्त र सेयर सदस्यहरुको भुमिकाका विषयमा सहजिकरण गर्नुभएको प्रबन्धक ओमप्रकाश शर्माले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष रामकृष्ण आचार्यको अध्यक्षता, लक्ष्मीप्रसाद […]
आइएमई लाइफ ईन्स्योरेन्सको ६७औं शाखा बेनीमा

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस २३ गते । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको ६७औं शाखा म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको छ । ‘बचत लगानी र सुविधाका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित शाखा विस्तार गरिएको हो । शाखाको सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष डाक्टर रामहरि अर्यालले उद्घाटन गर्दै बीमाप्रति युवा पुस्तालाई आकर्षण […]
गण्डकी प्रदेशको नीति तथा योजना निर्माण गर्न बेनीमा सुझाव संकलन

साधन राम्जाली/विकल्प न्यूज पुस २० गते गण्डकी प्रदेश सरकारले नीति तथा योजना निर्माणका लागि जिल्ल्ला स्तरमा सुझाव संकलन सुरु गरेको छ । सुझाव संकलन अभियान अन्तर्गत शुक्रबार म्याग्दी आएको टोलीले सुझाव संकलन गरेको हो । सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको टोलीले म्याग्दीका सरोकारवाला निकायहरु सँग सुझाव संकलन गरेको छ । टोलीले प्रथम पञ्चवर्षीय योजना […]
महिला उद्यमीहरुको अगुवाईमा बेनीमा माघेसंक्रान्ती मेलाको आयोजना हुने

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीका महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका छन् । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी पुस ३० र माघ १ गते सदरमुकाम बेनीमा माघे […]
सुन्तला जोन सञ्चालक समिति गठन

विकल्प न्यूज/बेनी पुस १७ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत म्याग्दी, पर्वत र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर स्थापना भएको सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)को मंगलबार बेनीमा सञ्चालक समिति गठन भएको छ । बेनपा ३ राखुका खिमबहादुर पुनको संयोजकत्वमा ९ सदस्यीय सञ्चालक समिति गठन भएको हो । परियोजनाको कार्यबिधि अनुसार समितिको […]
नारच्याङमा अबैध क्रसर उद्योग चलाएर ब्रह्मालुट

विकल्प न्यूज/बेनी पुस १७ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा लामो समय देखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गर्ने गरिएको छ । नदी किनारमा जथाभावी रुपमा […]
५० लाख लगानीमा बेनीका युवाले खोले मौलीक खाजा घर

विकल्प न्यूज/बेनी पुस १६ गते । यहाँका एक युवाले ५० लाख लगानी गरेर मौलिक परिकारको रेष्टुरेण्ट खोल्नुभएको छ । बेनीको गणेश टोलमा रेहको पुरानो घरलाई मर्मत सम्भार गरेर चिटिक्क पारेर रेष्टुरेण्ट खोलिएको छ । युवा व्यवसायी २७ वर्षीय सिसम श्रेष्ठले मौलिक खानाका परिकारको स्वाद लिन पाइने वल्डहाउस रेष्टुरेण्ट सञ्चालन गर्नुभएको हो । मौलिक शैलीको ६० वर्ष […]
सहकारीमा आवद्ध भएपछि च्युरीबोटका महिलाहरुको जिवनस्तरमा सुधार

साधन राम्जाली/विकल्प न्यूज पुस १६ गते ।मालिका गाउँपालिका ४ च्युरिबोटमा सञ्चालित सोलेडाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वर्षिक साधारणसभा सम्पन्न भएको छ । ग्रामिणभेगका महिलाहरुको क्षमता अभिवृद्धि र जिवनस्तर सुधारका लागि महिलाहरुले सञ्चालन गरेको सहकारी उपयोगी भएको साधारणसभामा बोल्ने वक्ताहरुले बताएका छन् । साधारणभाको प्रमुख अतिथि वडा सदस्य सीता श्रीपालीले सहकारीले महिलाहरुको क्षमता […]