निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन तयारी पुरा

विकल्प न्यूज/बेनी
माभ ४ गते ।  माघ ५ गते हुने निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ ।

शनिवार सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा हुने अधिवेशनको सवै तयारी पुरा भएको संघका अध्यक्ष नारायण जिसीले बताउनुभयो । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी संघले सो कुराको जानकारी गराएको हो । संघमा कुनै विवाद छैन जिसीले भन्नुभयो, ‘सर्वसम्मत तरिकाले नयाँ नेतृत्व चयन गर्दछौं ।’ अधिवेशन रोक्न परेको रिट खारेज गरे सँगै संघको विवाद समाधान भएको छ उहाँले भन्नुभयो ।  दुइ पक्ष विच विवाद बढेपछि संघको अधिवेशन रोक्न माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर भएको रिट बिहीबार खारेज भए सँगै अधिवेशन गर्ने बाटो खुलेको हो ।

निर्माण व्यवसायी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आथित्यतामा अधिवेशन गर्न लागिएको अध्यक्ष जिसीले बताउनुभयो ।

असन्तुष्ट पक्षहरु त देखिएनन नी भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष जिसीले भन्नुभयो, ‘उहाँहरुलाई पनि खबर गरेको हो कतै काममा व्यस्त भएर होला आउनुभएन ।’ विश्वास गरौं भोली उहाँहरु पनि आउनुहुन्छ जिसीले भन्नुभयो ।

संघको हितविपरितको कार्य गरेको भन्दै संघको कारबाहीमा परेका व्यवसायीहरुको कारवाही फुकुवा गरेको संघका सदस्य रवि कार्कीले बताउनुभयो ।

यो विशेष परिस्थित परेकाले अधिवेशनमा भाग लिने पाउने अधिकारबाट कोही पनि बञ्चित नहुन भनेर कारवाही फुकुवा गरेको कार्कीले बताउनुभयो । नविकरण नगरेकाले पनि अधिवेशनमा भाग लिन पाउने निर्णय संघले गरेको छ उहाँले भन्नुभयो ।

भोलीको अधिवेशनमा संसोधित विधानको खाका पनि प्रस्तुत हुने र पास भएपछि भविष्यमा यस्ता विवादहरु नआउने संघका विधान समितिका संयोजक सन्तोष रावलले बताउनुभयो ।

असन्तुष्ट पक्षहरुलाई पनि मिलाएर सर्वसम्मतिबाट अध्यक्ष लगायत पदाधिकारीहरु चयन गर्ने गरी छलफल भएको छ कार्कीले भन्नुभयो, ‘उहाँहरु सँग फोनमा कुरा भइरहेको छ ।’ संघमा ८७ जना सदस्यहरु छन् ।

दुवै पक्ष मिलेर ढाकिएको पुस १६ गते भएको भेलाले वर्तमान कार्यसमितिलाई नै अधिवेशन गर्ने जिम्मेवारी दिएको थियो ।