ताजा समाचार:
Search

सहकारीमा आवद्ध भएपछि च्युरीबोटका महिलाहरुको जिवनस्तरमा सुधार

साधन राम्जाली/विकल्प न्यूज
पुस १६ गते ।मालिका गाउँपालिका ४ च्युरिबोटमा सञ्चालित सोलेडाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वर्षिक साधारणसभा सम्पन्न भएको छ । ग्रामिणभेगका महिलाहरुको क्षमता अभिवृद्धि र जिवनस्तर सुधारका लागि महिलाहरुले सञ्चालन गरेको सहकारी उपयोगी भएको साधारणसभामा बोल्ने वक्ताहरुले बताएका छन् ।

साधारणभाको प्रमुख अतिथि वडा सदस्य सीता श्रीपालीले सहकारीले महिलाहरुको क्षमता अभिवृद्धि र जिवनस्तर सुधारका लागि योजना बनाउनुपर्ने बताउनुभयो । महिलाहरुलाई आन्तनिर्भर बनाउनका लागि सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाई थियो । फजुल खर्चलाई घटाएर सहकारीमा बचत गर्न महिलाहरुलाई अनुरोध गर्नुभयो ।

पाँचसय १९ जना शेयर सदस्य रहेको सहकारीले ६५ लाख ९६ हजार सातसय रुपियाँ बरवारको कारोवार गरेको सञ्चालक समितिकी सचिव बुद्धिसरा घर्ती मगरले जानकारी दिनुभयो । सहकारीले गत आर्थिक वर्षमा दुई लाख २६ हजार रुपियाँ बढी मुनाफा गर्न सफल भएको कोषाध्यक्ष रेजीना घर्ती मगरले बताउनुभयो ।

सहकारीकी अध्यक्ष लक्षीणदेबि पुन मगरले सहकारीको स्थापना देखि बिभिन्न समस्याका बावजुद पनि आर्थिक आम्दानी गर्न सफल भएको बताउनुभयो । महिलाहरुले आर्जन गरेको सानो सानो पुँजीलाई बचत गरी उद्यमशिल बनाउन सहकारीले भूमिका खेलेको अध्यक्ष पुनले बताउनुभयो ।

सहकारीले आगामी दिनमा महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन उद्यम तथा अन्य क्षेत्रमा लगानी गनर्,े शेयर संख्यालाई बढाउने, एक घर एक बचत खाता अभियान सञ्चालन गर्ने,मासिक बचतको दरलाई बढाउने तथा महिला शसक्तीकरणका लागि बिभिन्न कार्यक्रमहरु सञ्चलन गर्ने योजना बनाएको छ ।

कार्यक्रममा समाजसेवी तथा सिद्धार्थ माविका पुर्व अध्यक्ष झकेन्द्रमान पुनमगर ,तामाखानी युवा क्लब ओखरबोटकी सचिव झिता पुन मगर, शिव प्राविका प्रअ गोकुल घर्ती मगर,आखोरबाट माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगर तथा बिभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखा समिति संयोजक गंगा घर्ती मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।