घलेम्दीको आईपिओ बाँडफाँड

विकल्प न्यूज/बेनी
माघ १ गते ।  घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ माघ १ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् ।

आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध भएको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ। ती आवेदकबाट कूल एक हजार ५७० कित्ताको आवेदन परेको थियो । सदर भएको ५४ हजार ६९२ जना आवेदनबाट २.५४ गुणा बढी अर्थात ३९ लाख तीन हजार ७० कित्ताको माग भएको थियो । सदर भएका ५४ हजार ६९२ जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम पहिलो चरणमा समानुपातिक रुपमा २० कित्ताका दरले १० लाख ९३ हजार ८४० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध भएको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ। ती आवेदकबाट कूल एक हजार ५७० कित्ताको आवेदन परेको थियो । सदर भएको ५४ हजार ६९२ जना आवेदनबाट २.५४ गुणा बढी अर्थात ३९ लाख तीन हजार ७० कित्ताको माग भएको थियो ।

सदर भएका ५४ हजार ६९२ जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम पहिलो चरणमा समानुपातिक रुपमा २० कित्ताका दरले १० लाख ९३ हजार ८४० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

बाँकी रहेको ४ लाख ३९ हजार ९३० कित्ता शेयर गोलाप्रथाबाट ४३ हजार ९९३ जनालाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो । यसो हुँदा १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरे ।

घलेम्दी हाइड्रोले पुस १९ गतेदेखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयरमा सर्वसाधारणबाट आवेदन लिएको थियो । २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्टाइएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ५५ हजार कित्ता शेयर कोषहरुले खरिद नगरेपछि सो शेयर समेत बिक्रीमा ल्याइएको थियो ।

घलेम्दीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ ।

कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ । merolagani.com