गण्डकी प्रदेशको नीति तथा योजना निर्माण गर्न बेनीमा सुझाव संकलन

साधन राम्जाली/विकल्प न्यूज
पुस २० गते


गण्डकी प्रदेश सरकारले नीति तथा योजना निर्माणका लागि जिल्ल्ला स्तरमा सुझाव संकलन सुरु गरेको छ । सुझाव संकलन अभियान अन्तर्गत शुक्रबार म्याग्दी आएको टोलीले सुझाव संकलन गरेको हो । सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको टोलीले म्याग्दीका सरोकारवाला निकायहरु सँग सुझाव संकलन गरेको छ ।

टोलीले प्रथम पञ्चवर्षीय योजना तर्जुमा निर्माणका लागि जिल्लाका छ वटै स्थानिय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, प्रतिनिधि तथा बिभिन्न सरोकारवाला र व्यक्तीहरुको सँगको छलफलमा जिल्लाका वस्तुगत अवस्था, नीति ,योजना,कार्यक्रम तथा सम्भावित योजनाहरुमाथि छलफल गरि सुझाव संकलन गरेको हो ।

कार्यक्रममा मन्त्री पुन मगरले जिल्लाबाट बाट आएको सुझावले प्रदेश सरकारको नीति तथा योजना तर्जुृमा गर्न महत्वपुर्ण भुमिका खेल्ने विस्वास व्यक्त गर्नुभयो ।

उहाँले जिल्लाबाट आएको सुझावलाई प्रदेश सरकारले नीति तथा योजनामा समावेश गरि जिल्लाको विकासका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले प्रदेश सरकारले पञ्चवर्षीय योजनामा दिगो विकासलाई जोड दिइएको बताउनुभयो ।

कार्यक्रममा गण्डकीका योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेलले प्रदेश भित्रका सबै जिल्लाको बस्तुगत अवस्था जिल्लावासिले दिएको सुझावको आधारमा आयोगले नीति तथा योजना निर्माण गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लावासिहरुले विभिन्न शिर्षकमा केन्द्रीत भई बुँदागत रुपमा छलफल गरि सुझाव दिएका थिए । उनिहरुले म्याग्दी दुर्गम जिल्ला भएको बताउँदै भौतिक विकास तथा पुर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश सरकारलाई जिल्लाको कृषि, स्वास्थ्य ,जलबिद्युत ,पर्यटन , शिक्षा ,उर्जा , खेलकुद ,सिँंचाई , खानेपानी ,पशुपालन ,भुमि ,भौतिक पुर्वाधारनिर्माण, महिला बालबालिका तथा युवा स्वरोजगार कार्यक्रम तथा अपाङ्गमैत्री बातावरण सिर्जना गर्ने खालका उत्पादनमुलक कार्यक्रमहरु योजनामा समावेश गर्न सुझाव दिएका छन् ।

साथै कार्यलयमा शुसानका लागि प्रविधि जडानमा जोड दिन पनि आग्रह गरेका थिए । स्थानिय तहका जनप्रतिनिधिहरुले स्थानीय तहमा सञ्चालन भएका योजनाका बारेमा जानकारी गराएका थिए ।

ठुला योजनामा .प्रदेश सरकारले योजना बनाई बजेट निर्माणमा सहकार्य गरिदिन आग्रह गरेका थिए ।  साथै उनिहरुले प्रदेश सरकारद्धारा योजनाहरुलाई तिब्र द्र्रुत गतिमा काम गराउन पहल गरिदिन आग्रह गरे । मन्त्री पुन मगरको अध्यक्षता गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर पौडेल शर्माको सहजिकरण र आयोग सदस्य बिष्णु बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सांसद सदस्य बिनोद केसि, प्रमुख जिल्ला अधिकारि लिलाधर अधिकारी ,जिल्ला प्रहरि कार्यालयका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा मगर, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको सहभागिता रहेको थियो । साथै कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।