ताजा समाचार:
Search

समाचार

म्याग्दीमा संकटापन्न वन्यजन्तु हाब्रे भेटियो

सन्तोष गौतम /विकल्प म्याग्दी,मंसिर ९ गते । म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा) भेटिएको छ । विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कका साथै हिमाले संरक्षण मञ्चले हालैमात्र गरेको अध्ययनका क्रममा म्याग्दीमा हाब्रेको उपस्थिती भेटिएको हो । लुलाङ गाविसको मरेनी सामुदायीक वन, ढोरपाटन शिकार आरक्षको जलजला, गुर्जा र मुदी […]

यसरी वितरण गरिदै छ बेनीमा उपभोक्ता ग्यास कार्ड (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प जिल्ला प्रशासन कार्यालय म्याग्दी र उद्योग वाणिज्य संघ म्याग्दीको संयुक्त व्यवस्थापनमा संघको कार्यालयमा उपभोक्ता कार्ड वितरण भइरहेको छ । बेनीमा  आधा ग्यास भरिएका ३ सय पचास शिलिण्डर आउने भएपछि व्यवस्थित तरिकाले वितरण गर्न ग्यास कार्ड प्रणाली अपनाइएको उवासंघले जनाएको छ । ग्यास आएपछि सहज रुपमा कसरी वितरण गर्ने भन्ने वारेमा ठोस निर्णय […]

‘नयाँ शक्ति’ले गर्‍यो भारतीय नाकाबन्दीको भर्त्सना

९ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै ‘नयाँ शक्ति निर्माण अभियान उद्घाटन कार्यक्रम’ सोमबार सम्पन्न भएको छ। काठमाडौंको चावहिलमा आइतबार सुरु भएको कार्यक्रममा बृहत अन्तरक्रिया पछि उक्त प्रस्ताव पारित गरिएको हो। पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईको अग्रसरतामा सम्पन्न कार्यक्रमबाट पारित प्रस्तावमा मधेश लगायत विभिन्न स्थानमा भइरहेका विभिन्न आन्दोलन सम्बोधन गर्न सरकारसँग माग गरिएको छ। भारतले गरेको नाकाबन्दीको विरोध […]

के हो इन्डक्सन चुल्हो ?

चेतना गुरागाईँ      लगातारको बन्द हड्ताल र भारतीय नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासको चरम अभाव हुँदै गएको छ। अभाव सुरु भएसँगै उपभोक्ताहरुले बैकल्पिक साधनहरुको खोजी तथा प्रयोगमा जोड दिइरहेका छन्। ग्यासको विकल्पको रुपमा अहिले इण्डक्सन चुल्होको माग अत्यधिक बढेको छ। केही समयअघिसम्म धेरै उपभोक्ताहरुले इन्डक्सन चुल्होका बारेमा थाहा पनि पाएका थिएनन्। […]

संकट समाधानका लागि राष्ट्रिय एकताको आवश्यकता– उपराष्ट्रपति पुन

सन्तोष गौतम/विकल्प कफलडाँडा(म्याग्दी) ८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको संकट समाधानका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनु भएको छ । म्याग्दीको राम्चे गाविस ७ काफलडाँडाको करबाकेलीमा मंगलबार पुन समाज नेपालले आयोजना गरेको कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै उपराष्ट्रपती पुनले संकटको अवस्थामा आम नेपालीहरुमा धैर्यता, संयमता, आत्मविश्वास र एकताको आवश्यकता रहेको बताउनुभयो । मित्रराष्ट्र भारतसंग कुटनीतीक […]

बेनीमा ग्यास आउँदै, कार्ड प्रणालीबाट वितरण गरिने

विकल्प/ठाकुरप्रसाद आचार्य लामो समय पछि म्याग्दीको सदरमुकाम बेनीबजारमा खाना पकाउने एलपी ग्यास आउने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त पहलमा आधा भरिएका पाँचसय शिलिण्डर ग्यास आउने भएको हो । बुधवार बेलुका सम्म पोखराको गृह लक्ष्मी ग्यास बेनीबजारमा भित्रिने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । ग्यास आउने भएपछि […]

बेनीका विपन्न बालबालिका कवाडी सामान सङ्कलन गरेर पढाइ खर्च जुटाउँदै

म्याग्दी मङ्सिर ८ गते । म्याग्दी सदरमुकाम बेनीका विपन्न समुदायका बालबालिकाले कवाडी सामान सङ्कलन गरेर पढाइ खर्च जुटाउने गरेका छन् । गरिबीका कारण अभिभावकले कापी, कलम, पोसाकलगायतका खर्च उपलब्ध गराउन नसकेपछि उनीहरु पढाइलाई निरन्तरता दिनका लागि आफँै श्रम गर्न बाध्य भएका हुन् । म्याग्दीको बेनी, पर्वत बेनी बजारका साथै फोहर फाल्ने ठाउँमा धातुका टुक्रा सङ्कलन […]

आज उपराष्ट्रपति पुन म्याग्दी राम्चेको करबाकेली मन्दिरमा आउने

विकल्प / म्याग्दी मंसिर ८ गते । आज उपराष्ट्रपति नन्द किशोर पुन म्याग्दीको राम्चे गाविस–७ काफलडाँडामा पुनमगरहरूको कुल देवता करबाकेली मन्दिरमा आउनुहुने भएको छ । मन्दिरमा हुने कुलपुजामा प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति आउन लागेको करवाकेली बाबा संरक्षण समितिका अध्यक्ष आश बहादुर पाईजाले जानकारी दिनुभयो । हामीले पुजालाई भब्य बनाउने तयारीमा जुटेका छौ पाईजाले भन्नुभयो । […]

कर्मचारी संगठनको अध्यक्षमा पाल

विकल्प म्याग्दी मंसिर ७ गते । बेनीमा सोमबार सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशनले दिपकलाल पालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मेखबहादुर हमाल, सचिवमा सुवास रेग्मी, सहसचिव चेतनाथ सुवेदी र कोषाध्यक्षमा केशव बराल चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा गोविन्द रेग्मी, नारायण दर्लामी, कृष्णबहादुर बिक र […]

तराईलाई पहाडबाट अलग गर्ने माग पुरा हुँदैन – उपप्रधानमन्त्री केसी

सन्तोष गौतम/विकल्प मंसिर ७ गते । उपप्रधान, सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले तराईलाई हिमाल र पहाडबाट अलग गराउने आन्दोलनरत मधेशी मोर्चाको माग पुरा गर्न नसकिने बताउनु भएको छ । म्याग्दीको बेनीमा सोमबार बिहान आयोजित कार्यक्रममा मन्त्री केसीले मधेशी मोर्चाले उठाएका धेरै माग संबिधान र संसोधन प्रस्ताव मार्फत सम्बोधन भएको बताउनुभयो । वार्ताको माध्यमबाट […]

म्याग्दी गलेश्वरका वासिन्दाको उदाहरणीय कार्य, एकवर्ष अगावै खानेपानी योजना सम्पन्न

सन्तोष गौतम /रासस म्याग्दी, मङ्सिर ७ गते । ढिलासुस्तीका कारण नेपालमा धेरैजसो पूर्वाधार विकासका योजनाहरु प्रभावित बनेको अवस्थामा म्याग्दीको गलेश्वरका बासिन्दाले भने लक्ष्यभन्दा अघि नै खानेपानी योजना निर्माण गरेका छन् । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित बेनी नगरपालिका– ९ गलेश्वरमा आव ०७१÷७२ मा सुरु भएको गलेश्वरधाम खानेपानी तथा सरसफाइ आयोजना एकै वर्षमा सम्पन्न भएको हो […]

एमाले शिख गाउँ कमिटी अध्यक्षमा ः पाईजा

प्रताप वानियाँ/विकल्प मंसिर ६ गते । नेकपा एमाले शिख गाउँ कमिटीको शनिबार शिखमा सम्पन्न प्रथम गाउँ अधिवेशनले कृष्णबहादुर तिलिजाको अध्यक्षतामा १३ सदस्यीय नयाँ गाउँ कमिटी चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा दुर्गाबहादुर खाती, सचिवमा तेसबहादुर पूर्जा र उपसचिवमा यामसिरी तिलिजा रहेका छन् । कमिटीको सदस्यहरुमा खेमबहादुर पाईजा, भूवन पूर्जा, मनबहादुर तिलिजा, चन्द्रबहादुर पाईजा, दुर्गाबहादुर […]

मिलन म्याग्दीको अध्यक्षमा गर्बुजा

प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ६ गते । मिलन म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पुनः जुना गर्बुजाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विनय श्रेष्ठ, सचिवमा शिव बानियाँ, सहसचिवमा दिलमाया बिटालु र कोषाध्यक्षमा कमला बानियाँ रहेका छन् ।   यसैगरी समितिको सदस्यहरुमा अमर बानियाँ, तेजबहादुर […]

बेनीमा जडिवुटी प्रयोग सम्बन्धी जानकारीमुलक कार्यक्रम

सन्तोष गौतम /विकल्प म्याग्दी ६ मंसिर । म्याग्दीको बेनीमा आईतबार स्थानीय जडिवुटीको प्रयोगबारे चेतनामुलक कार्यक्रम गरिएको छ । म्याग्दीमा पाइने जडिवुटी र यसको प्रयोगका बारेमा जानकारी गराउने उद्देश्यले जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो । जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, वन प्राबिधिक, आर्युवेदीक स्वास्थ्यकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा जडिवुटीको महत्व, प्रयोग गर्ने […]

म्याग्दीको देविस्थानमा ४.१ को भूकम्प

विकल्प/म्याग्दी मंसिर ६ गते । जिल्लाको पश्चिम देविस्थान गाविसलाई केन्द्र विन्दु बनाएर ४.१ को भूकम्प गएको छ । दिउँसो १२ बजेर ४१ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले सामान्य रुपमा झट्का दिएको स्थानीयवासी दिलवहादुर पुनले बताउनुभयो । पुनका अनुसार भूकम्पले गाउँमा कुनै क्षति भएको छैन । […]