समाचार
म्याग्दी जिविसमा – दोहोरो सुबिधा खोज्ने कर्मचारीलाई कडाई
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ चैत । जिल्ला विकास समितिको कार्यालय म्याग्दीले दोहोरो सुबिधा दावी गर्ने कर्मचारीलाई कडाई गरेको छ । विषयगत कार्यालय, परियोजना र संघ संस्थाको खर्चमा उनिहरुको कार्यक्रममा सहभागि हुन जाने कर्मचारीले कार्यालयबाट पनि भ्रमणभत्ताको दावी गर्न थालेपछि कडाई गरिएको हो । दोहोरो सुबिधा लिने प्रवृतीलाई नियन्त्रण गर्न जिविसले आधिकारीक पत्र बिना आफ्ना […]
क्रान्तिकारी किसान महासंघको जिल्ला सम्मेलन सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ चैत । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी म्याग्दीको सातौ जिल्ला सम्मेलन बुधबार बेनी नगरपालीका १४ सुर्केमेलामा सम्पन्न भएको छ । सम्मेलनले बुद्धीबहादुर पुनको अध्यक्षतामा ३१ सदस्यीय महासंघको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । महासंघको उपाध्यक्षमा हिराबहादुर पुन, सचिवमा भरत पौडेल, सहसचिवमा छविलाल कडेल र कोषाध्यक्षमा मनकुमारी बिक रहनुभएको छ । […]
पर्वतमा ग्यासको कालोवजारी प्रशासनको फन्दामा

महेन्द्र जिसी/विकल्प न्यूज पर्वत,चैत २४ गते । सर्वसाधारण उपभोक्ताले खाना पकाउने ग्यासको अभाव झेलिरहदा केही व्यापारी भने लुकाएर बढी मूल्य पार्ने दाउमा लागेको पाईएको छ । खाना पकाउने ग्यासमा कालोवजारी गर्ने पर्वतका केही कालो व्यापारीहरु जिल्ला प्रशासनको फन्दामा परेका छन् । ग्यासमा कालोवजारी भयो भन्ने सर्वसाधारणको व्यापक गुनासो पछि प्रशासनले बुधवार बजारमा छड्के अनुगमन गरेको […]
गोदाममा छापा मारेर लुकाई राखेको ग्यास वितरण

विकल्प न्यूज/बेनी म्याग्दी २४ चैत । म्याग्दीमा क्रियाशिल दुई विद्यार्थी संगठनहरुले बुधबार पर्वत बेनीको एउटा ग्याँस पसलको गोदाममा छापा मारेका छन् । अनेरास्ववीयु म्याग्दीका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश पौडेल र अखिल क्रान्तिकारीका अध्यक्ष सुदिन पौडेलको नेतृत्वमा गएको टोलीले पर्वत बेनीमा रहेको दिप्सन किराना एण्ड मेटल स्टोर्समा छापा मारेको हो । नारायण रेग्मी सञ्चालक रहेको […]
म्याग्दीका गाउँमा इन्टरनेट सेवा विस्तारका लागि सहयोग जुटाउन पोर्चुगलमा सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीका सवै गाविसमा इन्टरनेट सेवा विस्तारका लागि विदेशमा वसोवास गर्ने म्याग्देलीहरुले सहयोग जुटाउन थालेका छन् । यहि अप्रिल २४ का दिन मोना पोर्चुगलले सांस्कृतिक कार्यक्रम गरि सहयोग जुटाउने अभियानको थालनी गर्न लागेको मोना अन्तरास्ट्रिय युरोप विभागका सचिव तथा मोना पोर्चुगलका सल्लाहकार सुर्जे भट्टचनले जानकारी दिनुभयो । कार्यक्रममा नेपालको लोक […]
म्याग्देली कलाकार बानियाँ र बराईलीको भुल्न खोजे तिमीलाइ (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ चैत । म्याग्देली कलाकार सुनिल बानिया र बिदुर बराईलीको गित ‘भुल्न खोजे तिमीलाई…..’को भ्युजीक भिडीयो तयार भएको छ । गायीका अन्जु पन्तको स्वर रहेको प्रेममा बिछोडको पिडालाई समेटेको आधुनिक गितमा म्याग्दीका भगवान बानिया र पोखराकी सिर्जना गुरुङले अभिनय गरेका छन् । अर्थुङ्गेका बानीया र बेनीका बराईलीले निर्देशन गरेको म्युजीक भिडीयोको […]
बेनीका अधिकांश तरकारी पसल प्रक्रिया पुरा नगरी सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ चैत । म्याग्दी सदरमुकाम बेनीका अधिकांश तरकारी तथा फलफुल पसल प्रक्रिया पुरा नगरी सञ्चालन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार बजार अनुगमन गर्ने क्रममा दर्ता भएका भन्दा प्रक्रिया नपु¥याईकन दर्तै नगरी सञ्चालन भएका तरकारी पसलको संख्या बढी रहेको भेटिएको हो । घरेलु तथा साना उद्योग विकास समिति […]
मनकारी परदेशी ः जसले गाउँमा विद्यालय बनाइदिए

विकल्प न्यूज/बेनी चैत २२ गते । बेनी नगरपालीका ९ काउलेगौडामा जन्मिएका ४८ वर्षिय भोजबहादुर बानिया सानो हुँदा ‘शिशु’ कक्षा पढ्न एक घण्टा हिडेर नेप्टेचौर स्थित अहिलेको राष्ट्रिय माविमा पढ्न जाँदाको दुख अझै झलझली सम्झन्छन् । नेप्टेचौरमा तिन कक्षासम्म अध्ययन गरेका बानियाँले घरबाटै आउने जाने गरेर बेनीको प्रकाश मावि उच्च माबिबाट एसएलसी पास गरेका थिए । […]
ग्यास वितरणलाई ब्यवस्थित बनाउन विद्यार्थीको माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ चैत । संयुक्त विद्यार्थी संघर्ष आन्दोलन समितिले ग्यास आपूर्ती र वितरणलाई सहज बनाउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारीद्धारा गठित समितिले सिमा नाकाबाट ग्यास आयात सह जबनेपनि जिल्लामा भित्र्ने ग्यासमा पहुँचवालाको मात्रै बोलबाला हुँदा विद्यार्थी समस्यामा परेको भन्दै वितरण […]
राहुघाट आयोजनाको क्षमतासँगै लागत बढ्ने

विकल्प न्यूज/काठमाण्डौ चैत २२ गते । भारतीय निर्माण कम्पनी आइभिआरसिएलको आर्थिक अवस्था कमजोर भएपछि निर्माण प्रक्रियामा नै छाडेको म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको क्षमतासँगै लागत पनि बढ्ने भएको छ । पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा आयोजना निर्माण गर्नका लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा क्षमता र लागत बढ्ने उल्लेख गरिएको छ । आयोजना […]
म्याग्दीमा विकासको नेतृत्व गर्दै महिला – गाउँगाउँमा नमुना काम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,चैत २२ गते । अवसर पाएमा नेतृत्वका लागि महिलाहरु पनि सक्षम छन भन्ने उदाहरण म्याग्दीका महिलाले प्रस्तुत गरेका छन् । सामाजिक संघ संस्था, उपभोक्ता समिति, सहकारी संस्था, वन, कृषि, आमा समूहको नेतृत्व गरेका महिलाहरुले अवसर पाएमा नेतृत्वका लागि पुरुष भन्दा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । म्याग्दीको विभिन्न ठाउँमा महिलाको […]
म्याग्दी र मुस्ताङमा पर्यटकसँगै भित्रिन्छन अवैध ड्रोन क्यामेरा
मुस्ताङ, चैत २२ गते । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको छ । मङ्सिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई अनुमति बिना ड्रोन क्यामेराबाट तस्बिर र भिडियो लिइरहेको अवस्थामा पक्राउ गरेपछि यस्ता घटना सार्वजनिक भएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार, […]
म्याग्देली सञ्जाल जापान मोनामा रुपान्तरण, अध्यक्षमा महेन्द्र बानियाँ निर्वाचित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ चैत । जापानमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्देली सञ्जाल जापान औपचारीक रुपमा प्रवासी नेपाली म्याग्देली संघ (मोना)को जापान शाखामा रुपान्तरण भएको छ । जापानको राजधानी टोकियोमा आईतबार भएको सञ्जाललाई मोनाको राष्ट्रिय समितिमा परिणत गर्ने प्रस्ताव पारित गर्दै बेनीका महेन्द्र बानियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । न्वगठित कार्यसमितिको बरिष्ठ […]
म्याग्दीमा गौरवका आयोजना पहिचान गरिने
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,चैत २२ गते । जिविस म्याग्दीले जिल्लाका गौरवको आयोजना पहिचान गर्ने भएको छ । जिल्ला विकास समितिले २४ औ जिल्ला परिषद्बाट जिल्लाका गौरवका आयोजनाहरु पहिचान गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि जिविसले म्याग्दीको समग्र विकासमा बहुउपयोगी मानिने आयोजनाहरु पहिचान गर्ने गृहकार्य सुरु गरेको छ । जिल्लाका गौरवका आयोजना पहिचान गरि […]
खाजा खाने बाहना बनाएर चोरी गर्नेहरु प्रहरीद्धारा सार्वजनीक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ चैत । म्याग्दीको बेनीमा खाजा खाने बाहना बनाएर चोरी गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरि आईतबार सार्वजनीक गरेको छ । चैत १ गते भएको चोरीको घटनामा संलग्न दाङको घोराही नगरपालीका १० घर भई हाल पोखरा ४ बस्ने १७ वषिया देविका पुन, स्याङ्जा मनकामना ३ का ४५ वर्षिया जुद्धविर कामी र […]