ताजा समाचार:
Search

ग्यास वितरणलाई ब्यवस्थित बनाउन विद्यार्थीको माग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ चैत ।
संयुक्त विद्यार्थी संघर्ष आन्दोलन समितिले ग्यास आपूर्ती र वितरणलाई सहज बनाउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारीद्धारा गठित समितिले सिमा नाकाबाट ग्यास आयात सह जबनेपनि जिल्लामा भित्र्ने ग्यासमा पहुँचवालाको मात्रै बोलबाला हुँदा विद्यार्थी समस्यामा परेको भन्दै वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन माग गरेको हो ।

ग्यास आयात बढाउन, वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन एवं वितरणका क्रममा विद्यार्थीलाई पनि प्राथमिकता दिन माग राख्दै नेविसंघका सभापति भरत रकाल, अनेरास्ववीयुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश पौडेल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेलले प्रजिअ केशव आचार्यलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुभएको हो ।student

ज्ञापन पत्रमार्फत उनिहरुलाई ग्याँस वितरणलाई ब्यवस्थित र पारदर्शी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न प्रशासनले चासो नदिए विद्यार्थी संगठनहरु अघि सर्ने चेतावनी पनि दिएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्यले कालोबजारी नियन्त्रण, ग्याँस, ईन्धन र दैनिक उपभोग्य सामाग्रीको आयात तथा वितरणलाई व्यवस्थित बनाउन कडाई गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कालोबजारी विरुद्ध संयुक्त आन्दोलनमा उक्रिएका विद्यार्थी संगठनहरुले आईतबार बेनीमा खवरदारी जुलुस निकालेका थिए । तिन वटा विद्यार्थी संगठनले कालोबजारीको सूचना संकलन गर्ने बेनी बजारको विभिन्न क्षेत्रमा २४ सदस्यीय बिशेष टोली पनि परिचालन गरेको जनाएका छन् । उनिहरुले कालोबजारी गरेको पहिचान गरि प्रशासनलाई सूचना दिने र प्रशासनले कारबाही नगरे आफैले सार्वजनीक गर्ने घोषणा गरेका छन् ।