विकल्प न्यूज/बेनी
चैत २२ गते ।
बेनी नगरपालीका ९ काउलेगौडामा जन्मिएका ४८ वर्षिय भोजबहादुर बानिया सानो हुँदा ‘शिशु’ कक्षा पढ्न एक घण्टा हिडेर नेप्टेचौर स्थित अहिलेको राष्ट्रिय माविमा पढ्न जाँदाको दुख अझै झलझली सम्झन्छन् ।
नेप्टेचौरमा तिन कक्षासम्म अध्ययन गरेका बानियाँले घरबाटै आउने जाने गरेर बेनीको प्रकाश मावि उच्च माबिबाट एसएलसी पास गरेका थिए । एसएलसी उतिर्ण गरेपछि वि.स २०४४ मा बेलायती गोर्खा सैनीमा भर्ती भएका बानिया अहिले बेलायतको आवासीय सुबिधा पाएर परिवार सहित उतै बसोबास गर्छन् । सिपाही पदमा १५ वर्ष सेवा गरेर सन २००२ मा निवृत भएपछि पुन बेलायतकै अर्को सुरक्षा निकायमा आवद्ध भएका बानिया आफ्नो ज्यान बाध्यताले प्रवासमा भएपनि मन भने जन्मथलोमै रहेको बताउँछन् । उनले प्रवासमा रहेर पेशासंगै आफ्नो गाउँठाउँमा बिकास भित्र्याउन, दुःख, अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न रुची राख्छन् ।
गाउँमा विद्यालय नहुँदा आफूले सानोमा भोगेको दुखलाई नयाँ पिढीका बालबालीकाले भोग्नु नपरोस भनेर बानियाले व्यक्तिगत रुपमा बेनपा ९ मा पर्ने काउलेगौडाको सल्लेरी नरवुद्धी प्राबिलाई लाखौको सहयोग गरेका छन् । वि.स २०६२ मा स्थानीय गलेश्वर ठूलो सल्लेरी सामुदायीक वन नजिकैको सार्वजनीक जग्गामा रहेको उक्त विद्यालयको भवन पहिरोको जोखिममा परेर सार्नुपर्ने भयो । भवन जिर्ण र जोखिमयुक्त भएपछि विद्यार्थीले केही समय पालमुनी बसेर पढे । विद्यालय स्थानान्तरण गर्न समुदायलाई आईपरेको जग्गा अभावको समस्यालाई बानियाँले सुल्झाइदिए । वि.स २०६४ सालमा बानियाले आफ्नो पुख्यौली चार रोपनी जग्गा दिवंगत बुवा नरबहादुर र आमा बुद्धीकलाको नाममा विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।
तत्कालीन अवस्थामा दुई लाख ५० हजार रुपैयाँ मूल्याङ्कन गरिएको उक्त जग्गामा भवन बनाउन पनि बानियाले थप नौ लाख रुपैया नगद सहयोग गर्नुभएको छ । जिल्ला शिक्षा कार्यालय लगायतका निकायको सहयोगमा वि.स २०७० सालमा निर्माण भएको नौ वटा कोठा भएको तिन वटा फरक फरक भवनको गत हप्ता सहयोगदाता बानिया र सांसद रेशमबहादुर बानियाले उद्घाटन गर्नुभयो । बानियाले उपलब्ध गराएको जग्गामा विद्यालय भवनसंगै भलिबल खेलमा जिल्लामै बर्चस्व कायम गरेको काउलेगौडा युवा कल्वले खेलमैदान बनाएको छ । गाउँलेले तत्कालीन सल्लेरी प्राबीलाई अहिले दाताको सम्मानमा सल्लेरी नरबुद्धी भनेर नामाकरण गरेका छन् ।
भवन उद्घाटनका लागि जन्मथलो फिरेका बानियाँले समाजसेवा गर्ने आफ्नो सानै देखिको ईच्छा रहेको र त्यो सपना काउलेगौडाको विद्यालयमा शैक्षिक तथा भौतिक विकासमा सघाएर पुरा गरेको बताउनुभयो । ‘म सानो हुँदा गाउँमा विद्यालय नभएर जुन दुख कष्ट भोग्नुप¥यो त्यस्तो समस्या अबका बालबालीकाले ब्यहोर्न नपरोस भनेर सहयोग गरेको हुँ’ बानियाले भन्नुभयो ‘परदेशमा भएपनि मनले आफ्नो जन्मथलोलाई बिर्सन सक्दो रहेनछ् ।’ चार जनाको परिवारसंगै बेलायतमै बस्दै आएका बानियाले उक्त विद्यालय परिसरमा काउलेगौडा युवा कल्वले निर्माण गरेको खेलमैदानमा तारजालीको घेराबार लगाउन पनि नगद सहयोग गर्नुभएको कल्वका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमका अवसरमा बानियाले काउलेगौडा युवा कल्व, आमा समूह र गलेश्वर आमा समूहलाई छछ हजार रुपैया सहयोग गर्नुभयो । बानियाको समाजसेवा गाउँमा मात्रै सिमीत छैन् । उहाले प्रवासी म्याग्देली नेपाली संघ (मोना)ले म्याग्दीमा तिन वटा एम्बुलेन्स सहयोग गर्न सञ्चालन गरेको अभियानमा व्यक्तिगत रुपमा नगद एक लाख नौ हजार रुपैया सहयोग गर्नुभएको थियो । यसैगरी २०७१ कात्तिकमा अरिंगालले चिलेर बुवा, आमा र एक भाई गुमाएर साहरा बिहीन बनेका काउलेगौडाका १६ वर्षिया जेनिसा, १४ वर्षिया तारा, १० वर्षिया लिला र ७ वर्षिया बिमला पुरीलाई बानियाँको नेतृत्वमा बेलायतमा दुई लाख ४० हजार संकलन गरेर उपलब्ध गराइएको थियो ।
छिमेकी जिल्ला पर्वतको मल्लाज माफफाँटका अमीत बरुवाल बेलायतमा दिवंगत भएपछि उनको परिवारलाई एनआरएन मार्फत सहयोग गर्न मोनाका आजिवन सदस्य रहेका बानियाले नेतृत्व गर्नुभएको थियो । गलेश्वर हुदै काउलेगौडा जोड्ने सडक निर्माणका क्रममा स्थानीयले बाटोलाई सडक दिन नमानेको अवस्थामा बानियाले अघि सरेर पाँच सय मिटर जग्गा बाटो खन्नलाई उपलब्ध गराएपछि समस्या समाधान भएको थियो । बानियाले आगामी दिनमा पनि जन्मथलोको विकास, दुखि, गरिब र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने चाहना रहेको बताउनुहुन्छ । नवविकल्प अंक २८ मा प्रकाशित कुराकानीमा आधारीत प्रस्तुती सन्तोष गौतम