क्रान्तिकारी किसान महासंघको जिल्ला सम्मेलन सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ चैत ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी म्याग्दीको सातौ जिल्ला सम्मेलन बुधबार बेनी नगरपालीका १४ सुर्केमेलामा सम्पन्न भएको छ ।

सम्मेलनले बुद्धीबहादुर पुनको अध्यक्षतामा ३१ सदस्यीय महासंघको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । महासंघको उपाध्यक्षमा हिराबहादुर पुन, सचिवमा भरत पौडेल, सहसचिवमा छविलाल कडेल र कोषाध्यक्षमा मनकुमारी बिक रहनुभएको छ ।DSC02429

यसैगरी सदस्यहरुमा नरसिंङ गिरी, बुद्धबिर किसान, लालबहादुर भण्डारी, खड््गबहादुर कटुवाल, मित्रलाल सापकोटा, डिलबहादुर किसान, लक्षीन मल्ल, टेकबहादुर सुवेदी, कौशीला कडेल, डिलमाया बिक, यामबहादुर भण्डारी, रामबहादुर गर्बुजा, जंगबहादुर थापा मगर लगायत रहनुभएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै महासंघका महासचिव समेत रहनुभएका एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य बिष्णुप्रसाद चौधरीले कृषकमैत्री निती नियम बनाउन सकेमा मात्रै देशमा कृषि क्षेत्रमा विकास र कृषकको जिवनस्तरमा सुधार आउने बताउनुभयो ।

कृषकले आफूले उत्पादन गरेको बस्तुको उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न महासंघले पहल गरिरहेको चौधरीले बताउनुभयो । उहाँले बजार र सिचाई सुबिधाको विस्तार, युवा युस्तालाई कृषि पेशामा आकर्षित र प्रबिधिको प्रयोग मार्फत कृषिमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्र्रिय परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमीरे, महासंघका चार नम्बर प्रदेश संयोजक रामबहादुर ढकाल र एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष चिरञ्जिवी बोगटीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । भिमबहादुर बानियाको अध्यक्षता, वुद्धीबहादुर पुनको सञ्चालन र भिमबहादुर थापाको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।