सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ चैत ।
जापानमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्देली सञ्जाल जापान औपचारीक रुपमा प्रवासी नेपाली म्याग्देली संघ (मोना)को जापान शाखामा रुपान्तरण भएको छ ।
जापानको राजधानी टोकियोमा आईतबार भएको सञ्जाललाई मोनाको राष्ट्रिय समितिमा परिणत गर्ने प्रस्ताव पारित गर्दै बेनीका महेन्द्र बानियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
न्वगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा घतानका दिपक केसी, महासचिवमा देविस्थानका खेम मल्ल, सचिवमा बरंजाका नरेन्द्र सापकोटा, कोषाध्यक्षमा सिंगाका दिपकुमार खड्का र सहसचिवमा मराङका लिल केसी चयन हुनुभएको छ ।
सदस्यहरुमा बेनीका ज्ञानेन्द्र केसी, मुनाका देवेन्द्र भण्डारी, दग्नामका प्रेम पुन, घारका राम खड्का, शिखकी सरास्वती पुन, राखुका ताराबहादुर कार्की, मुनाका रेशम भण्डारी, बिमका हेमकुमार जुक्जाली र मराङका खम्मर पुन रहनुभएको छ ।
मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष योगेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यता र बरिष्ठ उपाध्यक्ष बिनोद कुवँरको बिशिष्ट आतिथ्यतामा सम्पन्न अधिवेशनले जिविस र मोनाको साझेदारीमा सञ्चालन हुन लागेको म्याग्दीको सबै गाविसमा ईन्टरनेट सेवा विस्तार आयोजनाका लागि संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र खड्काको संयोजकत्वमा कार्यदल गठन गरेको मोनाका प्रचार संयोजक तिलक मल्लले जानकारी दिनुभयो ।