ताजा समाचार:
Search

गोदाममा छापा मारेर लुकाई राखेको ग्यास वितरण

विकल्प न्यूज/बेनी
म्याग्दी २४ चैत । Chapa Marako (1)
म्याग्दीमा क्रियाशिल दुई विद्यार्थी संगठनहरुले बुधबार पर्वत बेनीको एउटा ग्याँस पसलको गोदाममा छापा मारेका छन् ।

अनेरास्ववीयु म्याग्दीका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश पौडेल र अखिल क्रान्तिकारीका अध्यक्ष सुदिन पौडेलको नेतृत्वमा गएको टोलीले पर्वत बेनीमा रहेको दिप्सन किराना एण्ड मेटल स्टोर्समा छापा मारेको हो ।Chapa Marako (4)

नारायण रेग्मी सञ्चालक रहेको उक्त पसलको गोदाममा लुकाई राखेको ६४ वटा र छापा मार्ने थाहा पाएपछि म्याग्दी बेनी पठाउदै गरेको १० वटा सिलीण्डर ग्याँस कब्जा गरेर सर्वसाधारण र विद्यार्थीहरुलाई वितरण गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेलले जानकारी दिनुभयो ।   Chapa Marako (3)

गोदाममा ग्याँस भएपनि सर्वसाधारणहरुलाई नदिने गरेको, लुकाएर बढी मूल्यमा बेच्ने गरेको गुनासो सार्वजनीक भएपछि बिशेष सुराकीको आधारमा वद्यार्थी टोली छापा मार्न पर्वत बेनी गएको थियो । गोदाममा छापा मार्ने क्रममा भेटिएका ग्याँस सिलीण्डर प्रहरीको सहयोगमा सर्वसाधारणलाई वितरण गरिएको थियो ।Chapa Marako (2)

पर्वत बेनीका अन्य ग्याँसको गोदामहरुमा पनि छापा मारेपनि ग्याँस् भेटिएको थिएन् । म्याग्दीका विद्यार्थी संगठनहरुले खाना पकाउने ग्याँसको कृतीम अभाव सिर्जना गरि कालोबजारी गर्ने क्रम बढेपछि २४ सदस्यीय बिशेष टोली परिचालन गरेर कालोबजारीको सूचना संकलन गरिरहेका छन् ।Chapa Marako (5)