समाचार
म्याग्दीका कृषकलाई खाद्यान्न बाली विजवृद्धी तालीम

विकल्प न्यूज/बेनी म्याग्दी १४ बैशाख । म्याग्दीको बेनीमा खाद्यान्न बाली विजवृद्धी तालीम सञ्चालन भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा आईतबार सुरु भएको तालीम मंगलबार सम्पन्न हुने जनाइएको छ । खाद्यबालीको गुणस्तरीय विउ उत्पादन गर्न कृषकहरुलाई प्राबिधिक ज्ञान, सिप प्रदान गर्ने उद्देश्यले आयोजित तालीममा २४ जना कृषकहरुको सहभागिता रहेको छ । तालीमको बरिष्ठ कृषि […]
घोडेपानीमा सात करोड भन्दा बढी लगानीमा होटल खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ बैशाख । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा पछिल्लो एक वर्षयता सात करोड भन्दा बढीको लगानीमा तिन वटा सुबिधा सम्पन्न होटल खुलेका छन् । भौगोलिक रुपमा बिकट उक्त स्थानमा पक्कि संरचना सहित निर्माण भएका होटलमा आधुनिक सुबिधा उपलब्ध छ । खान र बस्नको अतिरिक्त तिब्र गतिको ईन्टरनेट, […]
लिफ्ट माग्ने गर्नु भएको छ ? काम चलेसम्म नमागेकै बेस !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज बैशाख १३ गते । “बुढेसकालमा आफ्नै आँगन–पटाङ्गिनी पनि काशी–गयाजीजस्तो लाग्दो रहेछ” भनेर मेरी हजुरआमाले भन्नुहुन्थ्यो । जमाना बदलियो । काशी–गयाजीको यात्राका लागि अब महिनादिन खर्चन नपर्ने भयो । नेपालको सिमाना छिचोल्न पैदलमार्च गर्नुनपर्ने भैसक्यो । अघिल्लो पुस्ताले काशी–गयाजी दर्शन–भ्रमणका लागि खर्चने समयावधिमा अब सात समुद्रपारिका मुलुकमा आउजाउ गर्न सकिने भयो । […]
राजदूत रेको घोडेपानी भ्रमणको रहस्य खुल्दै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख १३ गते । नेपालका लागि भारतीय राजदुत रणजित रेले गोप्य रुपमा दुई दिने म्याग्दी भ्रमण सकेर फर्कीएका छन् । पोखराबाट शुक्रबार बिहान १०.३० बजे म्याग्दी सदरमुकाम बेनी भित्रिएका भारत सरकारको सहसचिव सरहका कर्मचारी रहेका राजदुत रेको म्याग्दी भ्रमण जति गोप्य रह्यो त्यतीनै यसले राजनीतिक, प्रशासनीक, सुरक्षा र कुटनीतिक तरंग पैदा गरेको […]
म्याग्दीको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कदै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १३ बैशाख । एक वर्षअघिको भुकम्प, पाँच महिनासम्म भएको नाकाबन्दी र मधेशको आन्दोलनका कारण थला परेको म्याग्दीको पर्यटन ब्यवसाय तङ्ग्रीन थालेको छ । देशको अवस्था सहज बन्दै गएपछि भुकम्पले क्षत्ती नगरेको म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । लगातार दुई वटा सिजनमा थला परेको पर्यटन ब्यवसाय […]
घोडेपानीमा मौसमको जानकारी दिने उपकरण जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ बैशाख । पोखरा–जोमसोम हवाई मार्गमा पर्ने म्याग्दीको घोडेपानी क्षेत्रको मौसमको बारेमा पुर्व जानकारी लिन सकिने अत्याधुनीक उपकरण जडान भएको छ । तारा एयर प्रा.लीको पहलमा घोडेपानीमा जडान भएको प्रबिधिको सहायताले त्यहाँको आकाशमा मौसम कस्तो छ भनेर अन्यत्रबाटै जानकारी पाउन सकिने भएको हो । जापानको ‘वेयदर न्युज’ संस्थाको सहयोगमा जडान गरिएको […]
पर्वतमा संसारकै दोश्रो अग्लो बञ्जी सहतिको साहसिक पुल निर्माण हुदै

महेन्द्र केसी/विकल्प न्यूज पर्वत,बैशाख १३ गते । पछिल्लो पटक जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउनको लागि एक पछि अर्को पर्यटकीय गन्तव्य स्थल बनाउनका लागि पर्वतवासीहरु लागेका छन् । जिल्लामा भएका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन प्रर्वद्धन गर्नको लागि जिल्लामा एक पछि अर्को पर्यटकलाई आकर्षक हुने स्थलको निर्माण गर्न थालिएको छ । नेपालकै अग्ला ३ झोलुङगे […]
पर्वत बेनीका सहकारीकर्मीलाई सहकारी शिक्षा तालिम
विकल्प न्यूज/बेनी म्याग्दी, वैशाख १२ गते । सफल महिला बचत तथा ऋण सहकारी संस्था पर्वत बेनीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । सहकारीमा आबद्ध शेयर सदस्य तथा कर्मचारीहरुलाई सहकारी व्यवस्थापन र सञ्चालनबारे जानकारी गराउने उद्देश्यले सहकारी शिक्षा तालिमको आयोजना गरिएको हो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संस्थालाई […]
महिलालाई भाषण कलासम्बन्धी तालिम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख १२ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार महिलाहरुका लागि भाषण कलासम्बन्धी तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र महिला समन्वय समिति बेनपा–७ म्याग्दीको आयोजनामा महिलाहरुलाई भाषणकला तालिम दिइएको हो । तालिम अवधिभरमा उनीहरुलाई बोल्ने तरिका, भाषण गर्ने कला, कार्यक्रम सञ्चालन गर्ने विधि र प्रक्रिया, औपचारिक तथा अनौपचारिक […]
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो जिल्ला बालभेला
विकल्प न्यूज/बेनी बैशाख १२ गते । जिल्ला बाल सञ्जाल म्याग्दीले बाल अधिकार सुनिश्चितताको लागि १० बुँदे घोषणा पत्र जारी गर्दै जिल्ला बालभेला सम्पन्न भएको छ । जिल्ला वाल सञ्जाल म्याग्दीको छैठौँ अधिवेशनको अवसरमा घोषणा पत्र जारी गरेको हो । विद्यालय तहको पाठ्यक्रममा बाल अधिकारका कुरा समावेश गर्नु पर्ने, बालबालिकाको वीचमा हुने विभेदको अन्त्य लगायतको अन्त्यको […]
आगलागि पीडितका लागि विद्यार्थीद्वारा राहत संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १२ चैत्र । म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले जिल्लाको विभिन्न स्थानमा लागेको आगलागीबाट पीडित भएकाहरुका लागि आईतबार बेनीमा राहत संकलन गरेका छन् । क्याम्पस अन्तरगतको व्यवस्थापन संकाय बिभागको आयोजना र युवा रेडक्रस सर्कलको सह आयोजनामा बेनीबजारमा राहत संकलन गरिएको व्यवस्थापन संकाय तृतीय वर्षका विद्यार्थी सुदीन पौडेलले जानकारी दिनुभयो । यो वर्ष म्याग्दीका […]
बेनीमा बिनाशकारी भूकम्पको स्मृती दिवस मनाइयो
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ बैशाख । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ बैशाख १२ गते ७.८ रेक्टर स्केलको बिनाशकारी भूकम्प गएको आइतबार बर्षदिन पुगेको छ । करिब नौ हजार जनाको ज्यान लिएको, हजारौ भौतिक संरचनाको क्षत्ती गरेको भूकम्पको स्मृतीमा बेनी स्थित जिविस सभाहलमा औपचारीक कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा सहभागि कार्यालय […]
बेनी खानेपानीको क्षमत्ता विस्तार गर्न आयोजना सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख १२ गते । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी आपूर्ती गर्दै आएको बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तारको काम सुरु भएको छ । मुहान सुक्दै जानु, तिब्र बस्ती विकास, जनघनत्व वृद्धी र पुरानो संरचनाले खानेपानीको माग धान्न नसकेपछि क्षमत्ता विस्तारको काम सुरु गरिएको हो । छ करोड ४२ लाख छ हजार ४५७ […]
उद्योग मन्त्रालयद्धारा म्याग्दीका तिन जना महिला उद्यमी सम्मानीत

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज म्याग्दी,बैशाख १२ गते । नेपाल सरकार उद्योग मन्त्रालयले म्याग्दीका तिनजान महिलाहरुलाई उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत एवम् सम्मान गरेको छ । काठमाण्डौमा आइतबार आयोजित सम्मान कार्यक्रम मार्फत उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गरेको हो । बेनीबजारमा लामो समय देखि होटल डल्फीन सञ्चालन गर्दै आउनुभएकी नानु श्रेष्ठ, पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरकी […]
भूकम्पको एक वर्ष ः आश र त्रासमै बित्यो
राधा चालिसे काठमाडौँ, वैशाख १२ गते । पश्चिम नेपालमा पर्ने गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपालीमाझ त्राहिमाम् मच्चाएको आज एक वर्ष पुगेको छ । गतवर्षको वैशाख १२ गते शनिबार ११.५६ मा आएको त्योे विनाशकारी भूकम्पले नेपालीको हाँसोलाई अचानक आक्रान्त चिच्याहटमा बदलिदियो । हेर्दाहेर्दै नेपालको आकाशमा धूवाँ–धूलोको मुस्लो उठ्यो । भूकम्पका कारण […]