ताजा समाचार:
Search

उद्योग मन्त्रालयद्धारा म्याग्दीका तिन जना महिला उद्यमी सम्मानीत

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
म्याग्दी,बैशाख १२ गते । 13076884_1065370890176373_8901940535735404901_n
नेपाल सरकार उद्योग मन्त्रालयले म्याग्दीका तिनजान महिलाहरुलाई उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत एवम् सम्मान गरेको छ । काठमाण्डौमा आइतबार आयोजित सम्मान कार्यक्रम मार्फत उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गरेको हो ।

13077027_1065371046843024_3768083271615164922_n
बेनीबजारमा  लामो समय देखि होटल डल्फीन सञ्चालन गर्दै आउनुभएकी नानु श्रेष्ठ, पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरकी प्रमिला जोसी र लगशिल ढाका कपडा उद्योगकी सञ्चालिका लिला देवी पुनलाई एक समारोहका विच उद्योग मन्त्री सोमप्रसाद पाण्डे,सचिव सूर्यप्रसाद सिलवाल र उत्कृष्ट महिला उद्यम छनौट समितिकी संयोजक यामकुमारी खतिवाडाले नगद दशहजार रुपियाँ सहित कदरपत्रले सम्मान गर्नुभएको हो ।   13087517_1065370776843051_1907346020417419341_n

सम्मानले आफुलाई अझ व्यवसायमा लगनशिल भएर लाग्न प्रेरणा मिलेको पिस साइन व्युटी होमकी प्रमिला जोसीले बताउनुभयो ।
सम्मनित हुने महिलाहरु जिल्लामा उद्यमका क्षेत्रमा सफल महिला व्यवसायीका रुपमा लामो समय देखि क्रियाशिल रहेका छन् । घरेलु तथा साना उद्योग विकास समिति र म्याग्दी उद्योग वाणिज्य संघको सिफारीसमा तिन जनालाई मन्त्रालयले सम्मान गरेको म्याग्दी उद्योग बाणिज्य संघका महासचिव राजेश शाक्यले बताउनुभयो ।

मुलुकको औद्योगीक क्षेत्रको विकासमा महिला उद्यमीहरुले पु¥याएको योगदानको कदर गर्दै देशभरबाट छनौटमा परेका ५५ जना महिला उद्यमीहरुलाई आइतबार काठमाण्डौमा एक समारोहको आयोजना गरि सम्मान गरिएको हो ।


1 thoughts on “उद्योग मन्त्रालयद्धारा म्याग्दीका तिन जना महिला उद्यमी सम्मानीत

Comments are closed.