ताजा समाचार:
Search

म्याग्दीका कृषकलाई खाद्यान्न बाली विजवृद्धी तालीम

विकल्प न्यूज/बेनी
म्याग्दी १४ बैशाख ।
म्याग्दीको बेनीमा खाद्यान्न बाली विजवृद्धी तालीम सञ्चालन भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा आईतबार सुरु भएको तालीम मंगलबार सम्पन्न हुने जनाइएको छ ।kirshi office

खाद्यबालीको गुणस्तरीय विउ उत्पादन गर्न कृषकहरुलाई प्राबिधिक ज्ञान, सिप प्रदान गर्ने उद्देश्यले आयोजित तालीममा २४ जना कृषकहरुको सहभागिता रहेको छ । तालीमको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, योजना अधिकृत ज्योती क्षेत्री, बागबानि विकास अधिकृत भोजबहादुर थापा र प्राबिधिक सहायक श्यामराज क्षेत्रीले सहजिकरण गर्नुहुने जनाइएको छ ।