समाचार
मुटुरोगी थापालाई बचाउन बेल्जियमबाट सहयोग

विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी नगरपालिका–१ रत्नेचौरका ९ बर्षिय नविन थापा मगरको मुटुको उपचारका लागि बेल्जियममा रहेका एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । रत्नेचौर स्थायी घर भई हाल बेल्जियममा रहेका मोना बेल्जियका सचिव सुमन थापा ‘प्रदिप’ र सरु थापा ‘ओविसरा’ले आफ्नो छोरी सन्झनाको पास्नीमा संकलन भएको ५५ हजार ५ सय रुपैयाँ थापामगरको […]
वनमा लागेको डडेलो फर्नीचरमा सल्कीदा पचास लाखको क्षत्ती
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ बैशाख । म्याग्दीको बेनी नगरपालीका ९ स्थित गलेश्वर ठूलो सल्लेरी सामुदायीक वन क्षेत्रमा लागेको डडेलोले त्यहाँ रहेको सामुदायिक फर्नीचरमा आगोलागी भएको छ । बेनपा ९ र १० को ४२ हेक्टर क्षेत्रफलमा फैलीएको उक्त सामुदायीक वनमा शुक्रबार लागेको डडेलो फैलीएर नजिकै रहेको फर्नीचरमा आगोलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षत्ती […]
म्याग्दीका पत्रकारलाई विकास पत्रकारिता तालीम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ बैशाख । बेनी नगरपालीका ९ गलेश्वरमा शनिबार विकास पत्रकारिता तालीम सम्पन्न भएको छ । म्याग्दीमा क्रियाशिल पत्रकारहरुको क्षमत्ता अभिवृद्धी गर्ने उद्देश्यले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । जिबिस म्याग्दी अन्तरगत सञ्चालित, पश्चिम नेपाल ग्रामिण खानेपानी […]
म्याग्दीमा दुई वटा खोप सेवा सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ बैशाख । जिल्ला स्वास्थ्य कार्यालयले म्याग्दीमा खोप सम्बन्धि नयाँ दुई वटा कार्यक्रम सञ्चालन गर्न लागेको छ । जापानिज ईन्सेफलाईटीस रोग बिरुद्धको र एचआईभि संक्रमित आमाबाट जन्मने बच्चामा एचआईभि सर्नबाट बचाउने (पिएमटीसीटी) खोप सेवा सुरु गर्न लागेको हो । बेनीमा बिहीबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा म्याग्दीमा सञ्चालन हुन लागेको […]
नदी सरसफाई अभियानमा बेनीबासीको असहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ बैशाख । जिल्लाका मुख्य दुई ठूला कालीगण्डकी र म्याग्दी नदीको सरसफाईका लागि सञ्चालन भएको अभियानमा सदरमुकाम बेनीबजारका बासिन्दाहरुले असहयोग गरेका छन् । खानेपानी, सरसफाई, तथा स्वच्छता (वास) पत्रकार मञ्चको अगुवाईमा सुरु भएको म्याग्दी–काली बृहत सरसफाई अभियान दुई हप्ता नपुग्दै बजारका बासिन्दाले असहयोग गरेका हुन् । गत हप्ता सरसफाई गरिएको कालीपुल […]
पर्यटकीय बस्ती घोडेपानीमा खानेपानीको समस्या

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ बैशाख । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा खानेपानीको समस्या भएको छ । घोडेपानीमा खानेपानी आपूर्तीमा प्रयोग भएका संरचना र पुर्वाधारको क्षमत्ताले धान्न नसकेपछि समस्या भएको हो । मुहानबाट पानी ल्याउने पाईप र रिजर्भ टंकीको क्षमत्ताले माग धान्न नसकेपछि खानेपानीको अभाव सिर्जना भएको घोडेपानी होटल ब्यवस्थापन समितिका […]
कालीगण्डकी सरसफाई अभियान (फोटो फिचर) …….

वास पत्रकार मञ्चले सञ्चालन गरेको नदी सरसफाई अभियान अन्तरगत बिहीबार बिहान बेनी स्थित कालीगण्डकी किनारमा फोहोर संकलन गरि व्यवस्थापन गर्दै सहभागिहरु । साप्ताहीक सरसफाई कार्यक्रम अन्तरगत बिहीबार दोस्रो दिन नदी किनार सरसफाई भएको हो । तस्विर सन्तोष गौतम, म्याग्दी
विद्यार्थीलाई पोशाक वितरण
विकल्प न्यूज/बेनी म्याग्दी,बैशाख १६ गते । पर्वतको मल्लाज माझफाँटमा रहेको समाजकल्याण प्राविका ९२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । विद्यार्थी भर्ना अभियानको अवसर पारेर माझफाँट ८ घर भई हाल माझफाँट ३ पर्वतबेनी बस्नुहुने डम्मरबहादुर बिकद्धारा २४ जना बालबालिकालाई शैक्षिक सामाग्री, विद्यालय पोशाकको साथै खाजाको व्यवस्था भएको छ । माझफाँट ७ घर […]
चार महिना ढिलागरि गाविसको न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्याङ्कन हुदै
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ बैशाख । म्याग्दीका गाविस कार्यालयहरुले तोकिएको भन्दा चार महिना ढिलागरी न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन (एमसीपिएम) गर्ने तयारी गरेका छन् । जिविसले आर्थिक वर्ष २०७१७२ को न्युनतम शर्त मापन तथा कार्यसम्पादन मूल्याङ्कन गर्न २०७२ पुष मसान्तको समयसिमा तोकेर मूल्याङ्कनकर्ता खटाएपनि गाविस सचिवहरुले आफूहरुको पेशागत माग पुरा नभएको भन्दै निर्देशन […]
म्याग्दीमा दुई हप्तामा २५ वटा उजुरी दर्ता भए
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ बैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगमा म्याग्दीबाट हालसम्म २५ जना दन्द्धपिडीतले उजुरी गरेका छन् । बैशाख २ गतेदेखि आयोगकले दन्द्धका समयमा भएका मानवअधिकारको गम्भिर उल्लङ्घनका कारण पिडित भएकाहरुबाट देशभरका स्थानीय शान्ति समिति मार्फत उजुरी लिन सुरु गरेको थियो । दुई हप्ताको अवधिमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा म्याग्दी जिल्लाका […]
पत्रकार महासंघ म्याग्दी शाखाको पाँचौ साधारणसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ बैशाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पाँचौ साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले शाखा सचिव गोरखनाथ सुवेदीको प्रगति र कोषाध्यक्ष मालती खत्रीको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै आसन्न केन्द्रिय साधारणसभामा शाखाको तर्फबाट महासंघको शुद्धीकरणका लागि सदस्यता नविकरण सम्बन्धि व्यवस्था कडाइका साथ लागु हुनुपर्ने र […]
धौलागिरी,गण्डकीमा बिहीबार बाह् घण्टा विजुली आपूर्ती बन्द हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ बैशाख । धौलागिरी, गण्डकी क्षेत्रीमा बिहीबार बाह् घण्टा केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द हुने भएको छ । कास्कीमा निर्माण भएको अपर मादी जलविद्युत आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जाडन गर्नका लागि परिक्षण गर्न विद्युत आपूर्ती बन्द गराउन लागिएको नेपाल विद्युत बेनी विद्युत प्राधिकरण बेनी शाखाले जनाएको छ । शाखाका […]
गुर्जाको जंगलमा भिषण आगालागी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ बैशाख । ढोरपाटन शिकार आरक्षसंग सिमाना जोडिएको म्याग्दीको गुर्जा गाविसको जंगलमा भिषण आगलागी भएको छ । गुर्जाको ईङलेभिर जंगलक्षेत्रमा मंगलबार साँझदेखि आगोलागी भएको हो । सुकेका निगालो, खर र रुखहरु रहेको जंगलक्षेत्रमा निरन्तर आगोलागी फैलीरहेको गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार डडेलोले संयौ हेक्टर जंगल […]
म्याग्दीमा बिबिध कार्यक्रम गरेर प्रथम पत्रकारीता दिवस मनाइने
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ बैशाख । म्याग्दी सदरमुकाम बेनीमा आगामी साता त्रिदिवसीय कार्यक्रम गरेर प्रथम राष्ट्रिय पत्रकारीता दिवस मनाइने भएको छ । सरकारले यस वर्षदेखि बैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारीता दिवस मनाउन गरेको निर्णय कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा गठन भएको मुल समारोह समितिले आवश्यक तयारीे थालेको […]
बागलुङ–बेनी सडकमा तोकीएको भन्दा बढी भाडादर
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ बैशाख । बागलुङ र म्याग्दी जिल्लाको सदरमुकाम जोड्ने बागलुङ–बेनी सडकमा सञ्चालन हुने सार्वजनीक सवारी धनीहरुले यात्रुबाट तोकीएको भन्दा बढी भाडा लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । १७ किलोमिटर दुरीको बागलुङ बेनी सडकको करिब आधा भाग बागलुङदेखि रत्नेचौरसम्मको सडक कालोपत्रे भएपनि यातायात व्यवसायीले पुरानै भाडादर असुल गर्दा यात्रुहरु मर्कामा परेका […]