सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ बैशाख ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा म्याग्दीबाट हालसम्म २५ जना दन्द्धपिडीतले उजुरी गरेका छन् ।
बैशाख २ गतेदेखि आयोगकले दन्द्धका समयमा भएका मानवअधिकारको गम्भिर उल्लङ्घनका कारण पिडित भएकाहरुबाट देशभरका स्थानीय शान्ति समिति मार्फत उजुरी लिन सुरु गरेको थियो ।
दुई हप्ताको अवधिमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा म्याग्दी जिल्लाका २५ जना दन्द्धपिडितहरुले उजुरी दर्ता गराएको स्थानीय शान्ति समितिका कार्यालय सचिव विज्ञान सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगमा दन्द्धको समयमा मानवअधिकारको गम्भिर उल्लङघनको परिमाण स्वरुप मृत्यु भएको, अपहरण तथा शरीर बन्धक बनाइएको वा शारीरीक र मानसीक यातान, यौनजन्य वा आर्थिक रुपमा हानी नोक्सानी पुगेको वा थुनामा परेको व्यक्तीले उजुरी गर्न सक्नेछन् ।
यसैगरी वेपत्ता छानविन आयोगले पनि उजुरी दर्ता गराउन आव्हान गरेपनि म्याग्दीमा कसैको पनि अहिलेसम्म उजुरी परेको छैन् । म्याग्दीमा दन्द्धको कारण चार जना वेपत्ता भएको अभिलेख छ । आयोगमा उजुरी दर्ता गराउन आएका पिडितहरुले न्याय पाउनेमा आशा र शंका दुवै व्यक्त गरेका छन् ।
यसैबीच बुधबार सरोकारवालाहरुसंग भेटघाट र उजुरीको अवस्थाको बारेमा अनुगमनका लागि आउनुभएकी सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य डाक्टर मादवी भट्टले दन्द्धपिडितहरुले निर्धक्क भएर उजुरी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
स्थानीय शान्ति समितिको संयोजनमा भएको भेटघाटका क्रममा सदस्य भट्टराईले जिल्लाका पत्रकार, मानवअधिकारबादी र सरोकारवालाहरुसंग छलफल गर्नुभएको थियो । वेपत्ता छानविन आयोगमा आगामी जेठ मसान्त र सत्य निरुपण तथा छानविन आयोगमा असार २ गतेसम्म उजुरी गर्न पाउने समयसिमा तोकीएको छ ।