मुटुरोगी थापालाई बचाउन बेल्जियमबाट सहयोग

विकल्प न्यूज/बेनी
बैशाख १८ गते ।
बेनी नगरपालिका–१ रत्नेचौरका ९ बर्षिय नविन थापा मगरको मुटुको उपचारका लागि बेल्जियममा रहेका एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । रत्नेचौर स्थायी घर भई हाल बेल्जियममा रहेका मोना बेल्जियका सचिव सुमन थापा ‘प्रदिप’ र सरु थापा ‘ओविसरा’ले आफ्नो छोरी सन्झनाको पास्नीमा संकलन भएको ५५ हजार ५ सय रुपैयाँ थापामगरको उपचारमा सहयोग गर्नुभएको हो ।
शनिवार ओमकुमारी शान्ति कोषमा एक कार्यक्रमको आयोजना गरी प्रदिपकी बहिनी चन्द्रा थापामगर र नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापाले आर्थिक संकलन समितिका संयोजक सन्तोष रावल र नविनका बुबा पवीराम थापालाई रकम हस्तान्तरण गर्नुभएको थियो । DSC00522

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुपेन्द्र थापाले आर्थिक अवस्था कमजोर भएकै कारण मृत्युको मुखमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ओमकुमारी शान्ति कोषले सुरु गरेको अभियानबाट उत्साहित भएको बताए । उनले सामाजिक कार्यमा म्याग्देलीको एकतालाई समेत यो संस्थाले प्रष्ट पारेको बताए ।
त्यस्तै बेनपा–१३ सिंगा स्थायी घरभई हाल अस्टे«लियामा रहेका याम केसीले कोषका बारेमा धेरै जानकारी रहेको बताए । पोखरामा एभरेष्ट ग्लोवल एजुकेशन कन्सलटेन्सी समेत खोलेका केसीले हरेक विद्यार्थीको भिषाको शुल्कबाट १ हजार कोषमा जम्मा गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा नविन थापाको उपचारका लागि याम केसी ४५ सय र सुदिप सापकोटा २ हजार सहयोग गरेका थिए । कार्यक्रमको स्वागत तथा संस्थाको जानकारी कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, सञ्चालन सहसचिव विनय श्रेष्ठ र अध्यक्षता कार्यवाहक अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । कक्षा ५ मा अध्ययनरत थापाको मुटुमा प्वाल परेपपछि उपचारका ओमकुमारी शान्ती कोषले सहयोग जुटाइरहेको छ । हरिकृष्ण गौतम