ताजा समाचार:
Search

विद्यार्थीलाई पोशाक वितरण

विकल्प न्यूज/बेनी
म्याग्दी,बैशाख १६ गते ।
पर्वतको मल्लाज माझफाँटमा रहेको समाजकल्याण प्राविका ९२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ ।

विद्यार्थी भर्ना अभियानको अवसर पारेर माझफाँट ८ घर भई हाल माझफाँट ३ पर्वतबेनी बस्नुहुने डम्मरबहादुर बिकद्धारा २४ जना बालबालिकालाई शैक्षिक सामाग्री, विद्यालय पोशाकको साथै खाजाको व्यवस्था भएको छ । माझफाँट ७ घर भई हाल बेनीको न्युरोडमा बरुवाल सपिङ सेन्टर सञ्चालन गर्नुभएका मोहनबहादुरले २२ जना बालबालिकालाई विद्यालय पोशाक उपलब्ध गराउनुभएको थियो ।Samajkalyam Pravi program

यसैगरी नेपाली काँग्रेस पर्वतका सदस्य कृष्ण केसीले ८ जना अनाथ बालबालीकालाई सिलाई सहितको विद्यालय पोशाक उपलब्ध गराउनुभएको छ । हिमशुसेली युवा कल्व मल्लाजले १८ जना र रोटरी कल्व अफ कान्तिपुर काठमाडौले १७ जना बालबालीकालाई विद्यालय पोशाक वितरण गरिएको मल्लाजबाट नविन जिसीले जानकारी दिनुभयो । सोही अवसरमा माझफाँट गाविस कार्यालयले १७ जना बालबालिकालाई टाई बेल्ट वितरण गरिएको थियो ।