ताजा समाचार:
Search

म्याग्दीमा बिबिध कार्यक्रम गरेर प्रथम पत्रकारीता दिवस मनाइने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ बैशाख ।
म्याग्दी सदरमुकाम बेनीमा आगामी साता त्रिदिवसीय कार्यक्रम गरेर प्रथम राष्ट्रिय पत्रकारीता दिवस मनाइने भएको छ ।

सरकारले यस वर्षदेखि बैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारीता दिवस मनाउन गरेको निर्णय कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा गठन भएको मुल समारोह समितिले आवश्यक तयारीे थालेको छ ।

जिविसका सूचना अधिकारी पदम भण्डारी सदस्य सचिव, जिल्ला हुलाका अधिकृत साधनाकुमारी पदेन सदस्य र सरकारी सञ्चार माध्यमका जिल्ला स्थित प्रतिनिधि, पत्रकार महासंघ, पत्रकार संग सम्बन्धित पेशागत संस्था र सरोकारवालाहरु सदस्य रहेको समितिले बैशाख २३, २४ र २५ गते विभिन्न कार्यक्रम गर्ने तयारी गरेको हो ।

मुल समारोह समितिको मंगलबार बसेको प्रारम्भिक बैठकले दिवस मनाउनका लागि कार्यक्रम तय गर्न बैशाख २१ ग्ते जिल्लाका सवै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख र संघ संस्थाको सहभागिता रहनेगरी बैठक बोलाउने निर्णय गरेको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।