ताजा समाचार:
Search

म्याग्दीका पत्रकारलाई विकास पत्रकारिता तालीम

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ बैशाख ।
बेनी नगरपालीका ९ गलेश्वरमा शनिबार विकास पत्रकारिता तालीम सम्पन्न भएको छ ।
म्याग्दीमा क्रियाशिल पत्रकारहरुको क्षमत्ता अभिवृद्धी गर्ने उद्देश्यले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो ।

जिबिस म्याग्दी अन्तरगत सञ्चालित, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजनाको आर्थिक सहयोगमा आयोजित तालीमको समापन गर्दै प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँलेले खोजमुलक र अनुसन्धनात्मक समाचार लेखनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।DSC00986

तालीमको खोज पत्रकारीता केन्द्रका अध्यक्ष समेत रहनुभएका गाउँले, स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेल, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका विज्ञ चन्द्रभक्त बिष्ट, कल्पना डिश्वा, जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य र पत्रकार घनश्याम खड्काले सहजिकरण गर्नुभएको थियो ।

मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता र सचिव मालती खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागि धु्रबसागर शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।